२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा संक्रमणको जोखिम कम गर्न संस्थागत आइसोलेसन बनाउन सुझाव

जुम्लामा संक्रमणको जोखिम कम गर्न संस्थागत आइसोलेसन बनाउन सुझाव


जुम्ला – जुम्लाका कोरोना संक्रमित होमआइसोलसनमा बस्न थालेपछि गाउँमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै तत्काल संस्थागत आइसोलेसन बनाउनु पर्नेमा जोड दिइएको छ ।

अहिले यहाँका अधिकांस संक्रमित होमआइसोलेसनमा नाममा घरमै बसेका छन् । कोरोना रोकथाम र नियन्त्रण गर्न प्रभावकारी समन्वय र सहयोगको बिषयमा छलफल गर्न आयोजित बैठकमा होमआइसोलेसनका कारण जुम्लाका कोरोनाको उच्च जोखिममा रहेको बिषयमा छलफल भएको थियो ।

संविधानसभा सदस्य ललितजङ शाहीले होम आइसोलेसनका कारण संक्रमण फैलिएको बताए । उनले भने, ‘हाम्रो जस्तो संरचना भएका घरमा होम आइसोलेसनको निति बैज्ञानिक छैन । तत्काल जुम्लाका सबै स्थानीय तहले संस्थागत आइसोलेसन बनाउनु पर्छ । जुम्लालाई कोरोनामुक्त जिल्ला बनाउन चिन्ता र चासोका साथ लाग्नुपर्छ । कोरोनाबाट जुम्ला सुरक्षित रहन सक्दैन ।’

संविधानसभा सदस्य शाहीले चन्दननाथ नगरपालिकाको संक्रमणदर उच्च रहेको र संस्थागत आइसोलेसन बनाउन आनकानी गरेको देखिएकोले यथासिघ्र संक्रमण रोक्न संस्थागत आइसोलेसन बनाउन सुझाव दिए । उनले नागरिकको ज्यानमा खेलवाड नगर्न आग्रह गरेका थिए ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले संस्थागत आइसोलेसजन निर्माणका लागि अन्य स्थानीय तह भन्दा नगरपालिकालाई जोड दिनुपर्ने बताए । जनघनत्व बढि भएको र भिडभाड बढि हुने क्षेत्र भएकोले सक्रमण दर पनि उच्च नै छ ।

प्रमुख सार्कीले भने,‘ बरु संस्थागत आइसोलेसन निर्माणका लागि संघीय तथा तथा प्रदेश सरकालाई बजेट व्यवस्थाको लागि आग्रह गरौँला । तर नगरपालिका भित्र मापदण्ड सहितको आइसोलेसन अनिवार्य बनाउनुपर्छ । यो अहिलेको आवश्यकता पनि हो ।’

बैठकमा सहभागी सबैले होम आइसोलेसनले संक्रमण तीब्र रुपमा फैलदो क्रममा रहेकोले संस्थागत आइसोलेसन बनाउनु पर्नेमा जोड दिएका थिए । जिल्लामा बनेका आइसोलेसन प्रयोगमा ल्याउनुपर्ने र नबनेको स्थानीयतहमा संस्थागत आइसोलेसन बनाउनु पर्ने बताएका थिए ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पनि संस्थागत आइसोलेसनमा जोड दिएका थिए ।

उनले भने, ‘कोरोना संक्रमण रोक्न सबै तह र तप्काको सहयोगको खाँचो छ । होम आइसोलेसनमा जोड दिएर नागरिकको स्वास्थ्य अधिकारमाथि खेलबाड नगरौँ । संस्थागत आइसोलेसन बनाऔँ । संक्रमित राखेर कोरोनामुक्त भएपछि घर पठाउने व्यवस्था गर्नु उपयुक्त हुनेछ ।’
चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले नगरको आवश्यकता अनुसार संस्थागत आइसोलेसन बनाउने प्रक्रिया शुरु गर्ने बताइन् । उनले भनिन्, ‘अब संस्थागत आइसोलेसन बनाउन जुट्छौँ । सबैले साथ र सहयोग गर्नुहोला ।’

शवघाट बनाउने निर्णय

कोरोना रोकथाम र नियन्त्रण गर्न प्रभावकारी समन्वय र सहयोगको बिषयमा छलफल गर्न आयोजित बैठकले जुम्लाको चन्ददनाथ नगरपालिकाको उमगाड र दानसाँघु क्षेत्रमा शवघाट बनाउने निर्णय भएको छ । जसका लागि चन्दननाथ १ र चन्दननाथ ९ वडा कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको हो ।

यसअघि जुम्लामा शवघाटको अन्यौलताले संक्रमितको मृत्यु भएको खण्डमा कहाँ लैजाने भन्ने समस्या थियो । अब त्यो समस्या यो निर्णय भइसकेपछि समाधान भएको छ ।

बैठकले चन्दननाथ नगरपालिकाले तत्काल उद्योग वाण्ज्यि संघको हलमा आवश्यकता अनुसार संस्थागत आइसोलेसन तयार गर्ने निर्णय गरेको छ । उद्योग बाणिज्य संघ जुम्लाले संस्थागत आइसोलेसन निर्माणको लागि हल खाली रहेको यसअघि बसेको डिसीसीएमसीको बैठकमा जानकारी गराएको थियो । अब त्यो हलमा चन्दननाथ नगरपालिको संस्थागत आइसोलेसन बनाउने भएको हो ।

प्रमुख जिल्ला अधिकारी थापाले जिल्ला स्थित गैरसरकारी संस्थाले कोभिड रोकथाम तथा नियन्त्रणका लागि गर्न सक्ने आवश्यक सहयोगको अनुमानित लागतको विवरण तीन दिन भित्र डिसीसीएमसीलाई पेस गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, ‘कोरोना कहरको बेला सबै एक भएर एकद्धार प्रर्णाली बमोजिम काम गर्नुपर्ने अवस्था छ ।

यो समयमा सबै हातेमालो गरेर अघि बढेको खण्डमा कोरोना जीत्न सकिन्छ ।’ कोभिडका कारण रोजगारी गुमेका अतिविपन्नलाई दिने राहत एकद्धार प्रर्णालीबाट वितरण गर्ने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ