२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशलडेका घाइते बिरामी हुम्लाबाट हेलिकोप्टरमार्फत जुम्ला अस्पतालमा

लडेका घाइते बिरामी हुम्लाबाट हेलिकोप्टरमार्फत जुम्ला अस्पतालमा


जुम्ला  – हुम्लाको चङखेली गाउँपालिका – ६ सरी गाउँका छतबाट लडेका एक विरामीलाई उपचारका लागि हेलिकोप्टरमार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला ल्याएको छ । छतबाट लडेर घाइते भएका ३५ वर्षीय अजय बुढालाई जिल्ला अस्पताल हुम्लामा उपचार संम्भब नभएपछि हेलिकोप्टरमार्फत जुम्ला ल्याएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रवक्ता डा. रमेश भट्टराईका अनुसार छतबाट लडेर घाइते भएका बुढाको टाउको, ढाड र खुट्टामा चोट लागेको छ ।

बिरामी अस्पताल पुगेपछि उपचार थालिएको र अहिले अवस्था नर्मल नै रहेको उनले बताए ।  जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना पश्चात विशेष गरी माथिल्लो कर्णाली (हुम्ला, कालिकोट, मुगु, डोल्पा) का विरामीको रिफर सेन्टर बनेको छ ।

यहाँ उपचार गराउनका लागि अन्य विरामीसहित कोभिडका विरामी पनि आउने गरेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ