२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकनकासुन्दरीमा निको भएका संक्रमितलाई फुलमाला लगाएर घर फर्काइयो

कनकासुन्दरीमा निको भएका संक्रमितलाई फुलमाला लगाएर घर फर्काइयो


जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिजा स्वास्थ्यचौकीको आइसोलेसन कक्षामा उपचारर्थ कोरोना संक्रमित निको भएपछि फुलमाला लगाएर घर फर्काइएको छ । आइसोलेन कक्षमा बसेका १९ जना संक्रमित निको भएपछि जेठ ६ गते फुलमाला लगाएर घर फर्काइएको हो ।

हाँडसिंजा स्वास्थ्य चौकीका इन्चार्ज विरेन्द्र प्रसाद उपाध्यायका अनुसार जनस्वास्थ्य कार्यालय जुम्लाको टोली आएर संक्रमितलाई पुन : एन्टीजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाएको हो । उनले भने,’घर पठाएका व्यक्तिहरुलाई अझै पनि घरमा एक हप्ता होमआइसोलेसन बस्न सुझाएको छ । उनीहरुको मनोबल उच्च बनाउनुका साथै हौशला प्रदान गर्नका लागि फुलमाला लगाएर पठाएको हो ।’

संक्रमितसहित उनीहरुको घरपरिवार छरछिमेकी सम्पर्कमा रहेका ८६ जना व्यक्तिहरुलाई कन्टयाक ट्रेसिङ एन्टीजेन परीक्षण गर्दा सबैको   रिपोर्ट नेगेटिभ आएको उनले बताए । कनकासुन्दरी गाउँपालिकाभित्र विभिन्न बस्तीमा अब ११ जना संक्रमित होमआइसोसनमा बसेका छन् । उनले भने उनीहरु पनि स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेकोले निको हुने क्रममै छन् । यस गाउँपालिकाले कोटघर स्वास्थ्य चौकीमा २५ बेड र हाँडसिंजा स्वास्थ्य चौकीमा २५ बेड गरी ५० वेडको आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको इन्चार्ज उपाध्यायले बताए । यसमा थप पाँच बेडको अस्थायी कोभिड अस्पताल पनि सञ्चालनमा रहेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले स्थानीय तहमा चिकित्सक परिचालन गर्ने भने पनि अहिले चिकित्सक आइनपुगेको उनको भनाई छ ।
यस्तै, जिल्लाभर संक्रमित भएका ११४ जना निको भएर घर फर्किएका छन् । वैशाख पहिलो सातादेखि हालसम्म कोरोना संक्रमितको सख्या जिल्लाभर ३११ पुगेको जिल्ला प्रशासन कार्यालय जुम्लाले ६ जेठमा सार्वजनिक गरेको तथ्यांक उल्लेख गरिएको छ ।

यसमध्ये ११४ जनालाई निको भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने, ‘यहाँ १९७ जना सक्रिय संक्रमित रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा २१ जना संक्रमितको उपचार भइरहेको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ