२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशचन्दननाथका उपप्रमुखलाई कोरोना संक्रमण

चन्दननाथका उपप्रमुखलाई कोरोना संक्रमण


जुम्ला – चन्दननाथ नगरपालिका उपप्रमुख अप्सरादेवि न्यौपानेलाई (महत) कोरोना संक्रमण भएको छ । जनस्वास्थ्य कार्यालय जुम्लाले एन्टीजेन्ट परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको हो ।

नगर उपप्रमुख न्यौपानेले भनिन् ८÷१० जति भयो । खोकी लाग्ने, जीउ दुख्ने, ज्वरो आउने भएको थियो । सन्चो नभएपछि कोरोना परीक्षण गर्दा संक्रमण देखिएको हो ।

अहिले होम आइसोलेसनमै बसेको उनले बताईन् । स्वास्थ्य अवस्था सुधारन्मुख छ । कोरोना संक्रमणबाट निको हुन्छ नै । यसबाट केही कसै नआत्तिएर स्वास्थ्य मापदण्ड पालन गरी सुरक्षित हुन आम नागरिकलाई उनले सुझाइन।

देशभरसहित जुम्लामा पनि फैलिएको दोस्रो लहरको कोरोना संक्रमणबाट संक्रमित भएका ११४ जना निको भएर घर फर्किएका छन् ।वैशाख पहिलो सातादेखि हालसम्म कोरोना संक्रमितको सख्या ३११ पुगेको जिल्ला प्रशासन कार्यालय जुम्लाले ६ जेठमा सार्वजनिक गरेको तथ्यांक उल्लेख गरिएको छ ।

यसमध्ये ११४ जनालाई निको भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने, ‘यहाँ १९७ जना सक्रिय संक्रमित रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा २१ जना संक्रमितको उपचार भइरहेको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ