२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना रोकथाम तथा नियन्त्रणमा कर्णाली प्रतिष्ठान केन्द्रित

कोरोना रोकथाम तथा नियन्त्रणमा कर्णाली प्रतिष्ठान केन्द्रित


जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रित भएको छ । अघिल्लो वर्षको पहिलो लहरको कोरोना संक्रमण बेला पनि टेकु अस्पतालपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले परीक्षण गरेको थियो ।

यस वर्षको दोस्रो लहरको कोरोना संक्रमण फैलिदा पनि संक्रमण रोकथाम तथा नियन्त्रणमा केन्द्रित भएको छ । कर्णाली प्रतिष्ठानबाटै कोरोना संक्रमणका बिरामीको उपचार गर्न चिकित्सकहरु परिचालित छन् ।

तत्कालिन कर्णालीको मुगु, कालिकोट, हुम्ला, डोल्पा, जुम्लाका सबै स्थानीय तह, पश्चिम रुकुम र बाँके जिल्लामा कर्णालीमा उत्पादित चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन भएका हुन् । उनीहरु दत्तचित्त भएर कार्यक्षेत्रमा कोरोनासँग लडिरहेका बिरामीको उपचारमा संलग्न छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रवक्ता डा. रमेश भट्टराईले कोरोना विरुद्धको लडाईमा कर्णाली प्रतिष्ठानको झण्डै दुई दर्जन जनशक्ति परिचालन भएको बताए । उनले भने, ‘प्रतिष्ठानको जनशक्ति प्रति सबैको भरोसा छ । चिकित्सक तथा स्वास्थ्यकर्मी तत्कालिन कर्णाली र बाहिरका जिल्लामा खटिएर काम गरिराखेका छन् । कोरोना मैदानमा कर्णाली प्रतिष्ठानले खेलेको भुमिका सन्तोषजनक नै देखिएको छ ।’

कर्णालीमा चिकित्सक परिचालन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कर्णाली प्रदेशका विभिन्न जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रण गर्न चिकित्सक परिचालन गरेको छ । प्रतिष्ठानले जिल्ला जिल्लामा चिकित्सक परिचालन गरी फरक विधिबाट रोकथाम तथा नियन्त्रणमा जुटेको हो ।

यसलाई कर्णाली मोडेलको रुपमा काम गर्ने जर्मको गरेका हौँँ प्रतिष्ठानका प्रवक्ता भट्टराईले एउटै अस्पतालमा विरामी थुपार्नु भन्दा जिल्लामै चिकित्सक खटार सम्वन्धी जिल्लामै विरामीको उपचार गर्नु पर्दछ । यो मोडेल देशभर लागु गर्नु पर्दछ । राज्यले पनि सिकाईको रुपमा अगाडी बनाउनु पर्नेमा उनले जोड दिए ।

कर्णालीको मुगुमा सहायक प्रध्यापक डा.सिद्धार्थ ध्वज खाती र मेडिकल अधिकृत डा. रेखा कार्की खटिएका छन् । कालिकोटमा सहायक प्रध्यापक डा. रिबिन खापुङ र डा.सुबि बस्न्यात, हुम्लामा सहायक प्रध्यापक डा.माणिक न्यौपाने र ओटि सहायक राजबहादुर खत्री, डोल्पामा लेक्चर डा. अभिसेक ठाकुर र सिनियर अहेब कर्मेन्द्र न्यौपाने खटिएका छन् ।

यसैगरी पश्चिम रुकुममा सह प्रध्यापक डा.अनुप मंगल समाल र लेक्चर सिला थापा खटिएका छन् । बाँकेमा सह प्रध्यापक प्रविण गिरीको नेतृत्वमा ६ जनाको चिकित्सक टोली पठाइएको छ ।

स्थानीय तहमा पनि चिकित्सक परिचालन

प्रतिष्ठानले जुम्लाका सबै स्थानीय तहमा रहेका कोभिड अस्पतालमा एक-एक जना चिकित्सक खटाएर उपचार सेवा प्रदान गरिरहेको छ । पहिलो लहरको कोरोना नियन्त्रण र उपचारमा राम्रो भुमिका निर्वाह गरिरहेको कर्णाली प्रतिष्ठानले दोस्रो लहरमा पनि आफुलाई अब्बल सावित गर्न कसरत गरिरहेको छ ।

प्रवक्ता डा. रमेश भट्टराईले कोरोना नियन्त्रण र उपचारमा कुनै कसुर बाँकी नराख्ने बताए । उनले भने, ‘पहिले सामान्य उपचारका लागि भौतारिने कर्णालीले अहिले कोरोना महामारीको समयमा राम्रो चिकित्सक र उपचार सेवा दिएर प्रसंसा बटुलिरहेको छ । यो भन्दा कर्णालीको लागि खुसिको कुरा के हुन सक्छ । ’

प्रतिष्ठानमा छातिरोग विशेषज्ञको नेतृत्वमा १२ बेडको आइसियु, २४ बेडको एचडियु, तथा ८४ शैया गरि १ सय २० बेड कोरोना उपचारका लागि व्यवस्थापन गरेको उनले बताए । कर्णाली कोरोना मैदानमा अब्बलता प्रदर्शन गर्न चाहन्छ, उनले भने, ‘त्यसका लागि कर्णालीबासीले स्वास्थ्य र सुरक्षा मापदण्डको परिपालना गर्न आवश्यक छ ।’

प्रवक्ता डा. भट्टराईले हाल अक्सिजन प्लान्टबाट र ११० अक्सिजन सिलिण्डरले अक्जिसनको व्यवस्थापन भइरहेको बताए । विरामीको चाप बढ्दो क्रममा छ, उनले भने, ‘प्रदेश सरकारसँग समन्वय गरेर थप ३६० सिलिण्डर खरिद प्रक्रिया शुरु भइसकेको छ । केन्द्र सरकारसँगको समन्वयमा थप अक्सिजन प्लान्ट र बुस्टर खरिद गरि अक्सिजनको व्यवस्थापन गर्न लागि परेको छ ।’ प्रतिष्ठानमा संक्रमित नमुनाको पिसिआर परीक्षणलाई निरन्तरता दिदै आएको उनले बताए ।

प्रतिष्ठानमा थप विशेषज्ञ सेवा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विशेषज्ञ सेवा थप गरेको छ । प्रतिष्ठानले छातिरोग विशेषज्ञ सेवा, स्नायुरोग विशेषज्ञ सेवा, नाक, कान, घाँटी सेवा र छालारोग विशेषज्ञ सेवा थप गरेको हो ।

कर्णाली प्रतिष्ठानका प्रवक्ता डा. भट्टराइले प्रेस नोट जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप चारवटा विशेषज्ञ सेवा सञ्चालन गरेको जानकारी गराएका हुन् ।

उनले कर्णाली बासीले नाक, कान, घाँटी, स्नायु, छाति र छाला रोगको उपचार पनि जुम्लामै हुने बताए । यी रोगको सेवा नहुँदा महंगोमा उपचार गराउनु पर्ने बाध्यता थियो, ‘प्रवक्ता भट्टराइले भने, ‘अब कर्णालीमै यो रोगको उपचार हुन्छ । ढुक्क भएर उपचार गर्ने बातावरण सिर्जना भएको छ ।’

प्रवक्ता भट्टराइले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस, बीएनएस, ब्याचुलर इन क्लिनिकल न्युट्रेशन बिषयहरुको निरिक्षण भएर सञ्चालनको तयारीमा रहेको बताए । उनले शिक्षक, आवास, कक्षकोठा, अस्पताल देखि चेरेचौरसम्मको बाटो व्यवस्थापन, आधारभुत साइन्स भवन निर्माणका लागि सम्झौता भई काम शुरु भइसकेको जानकारी समेत दिए । अहिले स्नातकोत्तर तहको कार्यक्रमको कोटामा पाँच जना भर्ना भएर अध्ययन गरिरहेका छन् ।
प्र

वक्ता भट्टराइले प्रतिष्ठानको भर्खरै सम्पन्न सिनेट सभा बैठकले प्रतिष्ठानको बजेट अनुमोदनका साथै रिक्त रहेका सभा सदस्य, प्राज्ञिक परिषदको सदस्यहरुको नियुक्ती गरेको समेत जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ