२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेत र धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्दै चौधरी फाउन्डेसन

सुर्खेत र धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्दै चौधरी फाउन्डेसन


सुर्खेत – कोरोनाको पहिलो लहरदेखि निरन्तर माहामारी रोकथाम तथा नियन्त्रणमा लागि परेको चौधरी फाउन्डेसनले सुर्खेत र धनगढीमा छिट्टै अक्सिजन प्लान्ट स्थापना गर्न लागेको छ । पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना संक्रमणसँगै मृत्युदर बढ्दै गएपछि फाउन्डेसनले बिरामी बचाउन सुर्खेतको वीरेन्द्रनगरमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरेको हो ।

गत वर्षदेखि देशभरका अस्पतालमा स्वास्थ्य सामाग्री वितरण गर्दै आएको फाउन्डेसनले वीरेन्द्रनगरमा छिट्टै अक्सिजन प्लान्ट संचालनमा ल्याउने भएको छ । फाउन्डेसनका जेनरल म्यानेजर एंव कर्पोरेट कम्यूनिकेशन डिपार्टमेन्ट प्रमुख मधुसुधन पौडेलका अनुसार अक्सिजन प्लान्ट स्थापनाका लागि वीरेन्द्रनगर नगरपालिकालाई उपयुक्त स्थान छनोट गर्न अनुरोध गरिएको छ ।

प्लान्ट स्थापना कार्यले अक्सिजन नपाएर कुनै पनि बिरामीलाई मर्न नदिने वीरेन्द्रनगरको अवधारणालाई सहयोग पुग्ने भएको छ।  नगरपालिकासँग समन्वय गरी प्लान्ट स्थापनाका लागि आवश्यक सबै प्रmित्रया पुरा गर्ने तयारीमा रहेको फाउन्डेसनले सामान आयात गर्न लागेको डिर्पार्मेण्ट प्रमुख मधुसुधन पौडेलले बताए । उनका अनुसार सुर्खेतसँगै धनगढि नगरपालिकासँग पनि समन्वय गरी धनगढिमा छिट्टै अक्सिजन प्लान्ट स्थापना गरिने भएको छ ।

सहयोग जारी, वीर अस्पतालमा १८ बेडको आईसियू कक्ष

कोरोना माहामारीको पहिलो लहर चेलसँगै माहामारी नियन्त्रण तथा रोकथामका लागि देशभर स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको चौधरी फाउन्डेसनले सहयोग कार्य जारी राखेकोे छ । नवलपरासी लगाएतका जिल्लामा निशुल्क अक्सिजन सिलिन्डर आपूर्ति गर्दै आएको फाउन्डेसनले वीर अस्पतालमा आईसियू बेड स्थापना गर्न सम्झौता गरेको छ ।

फाउन्डेसनका जेनरल म्यानेजर एवं कर्पोरेट कम्यूनिकेशन डिर्पार्मेण्ट प्रमुख मधुसुधन पौडेलका अनुसार ५ सय बढी शैय्या भएको काठमााडौं स्थित वीर अस्पतालमा १८ बेडको आईसियू कक्ष स्थापना गर्ने सम्झौता भएको हो । फाउन्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्रा.डा. देवनारायण शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

अस्पताल र फाउन्डेसनबिच भएको सम्झौता अनुसार १८ बेडको आईसियू कक्षसहित फाउन्डेसनको समन्वयमा नविल बैंकलेृ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी भएको छ । जसका लागि केहि दिनभित्र वीर अस्पतालमा सामान आईपुग्नेछ । कम्यूनिकेशन डिर्पार्मेण्ट पौडेलले भने, ‘कोरोनाको पहिलो लहरदेखि नै सबै अस्पताललाई पीपीई, सेनिटाइजर, मास्क लगाएतका सामाग्री वितरण गर्दै आएका छौं । जसले स्वास्थ्यकर्मीलाई बिरामीको उपचारमा सहज भएको छ ।’

चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले आक्रान्त मुलुकलाई जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सहयोग गर्ने कार्य जारी रहेको बताए ।

‘कोरोनालाई परास्त गर्न हाम्रो संयुक्त प्रयास जारी रहनेछ’ ,उनले भने, ‘हाल सबैले सार्वजनिक अस्पतालहरूसँग सहकार्य गर्दै अत्यावश्यक पूर्वाधार निर्माणमा समेत सरिक हुनुपर्ने बेला आएको छ । यसका लागि आवश्यक परेको खण्डमा हाम्रो फाउन्डेसन सहयोग गर्न तयार छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ