२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्ला अस्पतालमा अक्सिजन प्लान्ट र एचडियू थप्न अर्थ मन्त्रालयको सहमति

जुम्ला अस्पतालमा अक्सिजन प्लान्ट र एचडियू थप्न अर्थ मन्त्रालयको सहमति


जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला अस्पतालमा अक्सिजन प्लान्ट र एचडियु थप्न अर्थ मन्त्रालयले सहमति दिएको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक थप स्रोत साधान मजबुद बनाउनका लागि प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलको सक्रियता  तथा पहलमा अर्थ मन्त्रालयले सहमति दिएको हो।

थप अक्जिन प्लान्ट जडानका लागि दुई करोड र २५ शैय्या एचडियूका लागि ३ करोड १२ लाख ७० हजार बजेटको सहमति दिएको प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले बताए । उनले भने अर्थ मन्त्रालयले बजेटको सहमति दिएको छ । अव छिट्टै व्यवस्थापन हुने र प्रतिष्ठान थप स्रोत साधनमा मजबुद हुने छ ।

प्रतिष्ठानमा छातिरोग विशेषज्ञको नेतृत्वमा १२ बेडको आइसियु, २४ बेडको एचडियू, तथा ८४ शैया गरि १ सय २० बेड कोरोना उपचारका लागि व्यवस्थापन गरेको उनले बताए । ‘कर्णाली कोरोना मैदानमा अब्बलता प्रदर्शन गर्न चाहन्छ, ‘उनले भने, ‘त्यसका लागि कर्णालीबासीले स्वास्थ्य र सुरक्षा मापदण्डको परिपालना गर्न आवश्यक छ । यसअघि अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले पाइप लाइनमार्फत नियमति रुपमा बेडमा सप्लाई भइरहेको छ ।’

प्रवक्ता डा. भट्टराईले हाल अक्सिजन प्लान्टबाट र ११० अक्सिजन सिलिण्डरले अक्जिसनको व्यवस्थापन भइरहेको बताए । विरामीको चाप बढ्दो क्रममा छ, उनले भने, ‘प्रदेश सरकारसँग समन्वय गरेर थप ३६० सिलिण्डर खरिद प्रक्रिया शुरु भइसकेको छ ।

केन्द्र सरकारसँगको समन्वयमा थप अक्सिजन प्लान्ट र बुस्टर खरिद गरि अक्सिजनको व्यवस्थापन गर्न लागि परेको छ ।’ प्रतिष्ठानमा संक्रमित नमुनाको पिसिआर परीक्षणलाई निरन्तरता दिंदै आएको उनले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ