२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा डेढ लाख एन्टिजेन किट उपलब्ध हुने

कर्णालीमा डेढ लाख एन्टिजेन किट उपलब्ध हुने


जुम्ला –  पछिल्लो समय कर्णालीमा कोरोना संक्रमण फैलिएपछि परीक्षणको दायरा बढाउन कर्णाली प्रदेशमा डेढ लाख एन्टिजेन किट आउने भएको छ । सरकारले कोरोना परीक्षणका लागि सबै प्रदेशमा कम्तीमा १ लाख एन्टिजेन पठाउने निर्णय गरेपछि कर्णालीमा पनि १ लाख ५० हजार किट कोरोना परिक्षणको लागि कर्णालीमा आउन लागेको हो ।

कर्णालीका १० जिल्लामा यो किट वितरण हुने जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार कर्णालीमा १ लाख ५० हजार किट पठाइन लागेको हो ।

१ मा १ लाख, प्रदेश २ मा २ लाख, बागमती प्रदेशमा १ लाख, काठमाडौंमा थप १ लाख, भक्तपुर र ललितपुरमा ५०-५० हजार, लुम्बिनी प्रदेशमा २ लाख, गण्डकी प्रदेशमा डेढ लाख र सुदूरपश्चिम प्रदेशमा २ लाख एन्टिजेन पठाइने उनले जानकारी दिए ।

एन्टिजेनको सदुपयोग र कन्ट्याक्ट ट्रेसिङलगायत आवश्यक पर्ने स्थानमा सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालय, मेडिकल स्टोर, जिल्ला जनस्वास्थ्य कार्यालयले स्थानीय तहको समन्वयमा टोलटोलमै पुगेर एन्टिजेन परीक्षण गर्ने योजना रहेको उनले बताए ।

जुम्लामा संक्रमितको संख्या ३५२ पुग्यो

वैशाख पहिलो सातादेखि यता जुम्लामा कोरोना संक्रमितको संख्या ३५२ पुगेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांक अनुसार ७६ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पिसिआर परीक्षण गर्दा ८ जनालाई संक्रमण देखिएको छ ।

४ जनाको एन्टीजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको प्रशासनले जनाएको छ । संक्रमणबाट निको हुनेको संख्या १२्र५ जना रहेका छन् भने अस्पतालमा उपचारतार्थ २३ जना रहेका छन् ।

मुगु छायानाथमा निःशुल्क परीक्षण

मुगुको छायानाथ रारा नगरपालिकाले नगरबासीको कोरोना परीक्षण निःशुल्क गर्ने भएको छ । यसअघि ८ सय किट ल्याएको नगरपालिकाले अहिले निःशुल्क कोरोना परीक्षण गराइरहेको हो ।

जिल्लामा अहिले १९७ जना कोरोना संक्रमित पुष्टि भएका छन् । यीमध्ये १४३ जना सक्रिय संक्रिमत छन् भने ५४ जना निको भई घर फर्किइसकेको जिल्ला अस्पताल मुगुले जानकारी दिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ