२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजोखिमयुक्त संक्रमित अस्पताल लैजानु पर्ने चिकित्सकको सुझाब

जोखिमयुक्त संक्रमित अस्पताल लैजानु पर्ने चिकित्सकको सुझाब


जुम्ला –  जुम्लाका एक नगरपालिका बाहेक ७ वटा गाउँपालिकामा अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालनमा आएका छन् । एक कोभिड अस्पतालमा न्युनतम ३ देखि ३० वटा अक्सिजन सिलिण्डरसम्म व्यवस्थापन गरेका हुन् ।

चन्दननाथ नगरपालिकामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकोले कोभिड अस्पताल सञ्चालनमा छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रबक्ता डा. रमेश भट्टराईका अनुसार स्थानीय तहका अस्थायी कोभिड अस्पताल तथा आइसोलेसन कक्षमा अक्सिजन सिलिण्डरको व्यवस्थापन गरेपनि लामो समयसम्म प्रयोग गर्न मिल्ने अवस्था हुदैन

यहाँको गुठिचौर गाउँपालिकामा पाँचवटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखिएको छ । २५ वटा सिलिण्डर खरिद प्रक्रिया अघि बढेको गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले बताए। उनले भने, ‘कोरोना संक्रमितलाई आवश्यकता पर्ने भएकोले अक्सिजनको व्यवस्थापन गरिएको हो ।’

अहिलेसम्म अक्सिजन दिनु पर्ने बिरामी भर्ना भएका छैनन । बिरामी भर्ना लिनु परेमा पनि अक्सिजन अभाव हुन दिदैनौँ । उनले भने, ‘लक्षण सहितका कोरोना संक्रमण भएका व्यक्तिको उपचारका लागि आवश्यक सामग्री र जनशक्ति तयारी अवस्थामा राखिएको छ ।’ उनको गाउँपालिकामा १० बेडको कोभिड अस्पताल सञ्चालनमा आएको छ । हरेक बेडमा एक एक अक्सिजन सिलिण्डर राखिएको छ ।

उनले भने, ‘संक्रमितलाई अक्सिजन लेवल जाँच गर्दा कम देखिएपछि केही समयका लागि अस्पताल लैजानका लागि एम्बुलेन्स र हेलिकोप्टरमा प्रयोग गर्न मिल्छ । तर स्थानीय तहकै कोभिड अस्पतालमा संक्रमित राखेर लामो समयसम्म अक्सिजन दिएर राख्न मिल्दै । अस्पताल लैजानु पर्ने प्रतिष्ठानले सुझाब दिने गरेको छ ।’

उनले भने, ‘अहिलेसम्म बिरामी भर्ना भएको अवस्था छैन । यदि बिरामी भर्ना हुनु पर्ने अवस्था आएको खण्डमा कोभिड अस्पतालमै अक्सिजनको साहरामा चिकित्सकको निगरानीमा उपचार गर्न सकिने अवस्था छ । ’

यस्तै, हिमा गाउँपालिकामा तीन वटा, तिलामा तीन वटा, सिँजामा दुइ वटा र कनकासुन्दरी गाउँपालिमा पाँच वटा अक्सिजन सिलिण्डर सहित कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ । जिल्लाको पातारासी गाउँपालिकामा अक्सिजन सिलिण्डर खरिद प्रक्रिया अघि बढेको अध्यक्ष लछिमान बोहोराले बताए ।

उनले भने, ‘गाउँमा लक्षण सहितका संक्रमित छैन । लक्षण नदेखिएका संक्रमित भएकोले होम आइसोलेसनमा बसेका छन् । लक्षण देखिएको र गम्भीर प्रकृतिको बिरामी देखिएमा कोभिड अस्पतालमा उपचार सुरु हुन्छ ।’ भेण्टिलेटरमा राख्नु परेको खण्डमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउनको लागि कोभिड एम्बुलेन्सको व्यवस्थापन गरिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले यहाँका हरेक स्थानीय तहमा एक एक जना चिकित्सक खटाएको छ । हिमा गाउँपालिकामा ११ जना संक्रमित सवै जना होम आइसोलेसनमै बसेको स्वास्थ्य संयोजक रतन रावतले बताए । उनले भने आइसोलेसन कक्ष तयार गरेपनि संक्रमितले बस्ने गरेका छन् ।

यस्तै, चन्दननाथ नगरपालिकामा ९६ जना निको भइसकेका छन् । जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार अहिले सक्रिय संक्रमित ३३ जना रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १४ जना र होमआइसोलेसनमा १९ जना छन् । नगरपालिकाले उद्योग बाणिज्य संघ जुम्लाको भवन २५ बेडको सुविधायूक्त आइसोलेसन कक्ष बनाएर पनि संक्रमित बस्ने गरेका छैनन् ।

पातारासी गाउँपालिकामा ३८ जना संक्रमित मध्ये ३१ जना निको भएका छन् । स्वास्थ्य संयोजक रतन बुढ्थापाका अनुसार ७ जना सक्रिय संक्रमित मध्ये ५ जना संस्थागत आइसोलेसनमा १ जना होमआइसोलेसनमा र १ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारतार्थ छन् । तिलामा २९ जना संक्रमित मध्ये १८ जना निको भएका छन् भने ११ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित सवै होमआइसोलेसनमा रहेका छन् ।

तातोपानी गाउँपालिकामा १९ जना संक्रमित मध्ये ९ जना निको भएका छन् भने १० जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाइका अनुसार ६ जना मोह आइसोलेसनमा र ४ जना संस्थागत आइसोलेसनमा बसेका छन् ।

कनकासुन्दरी गाउँपालिकामा ३३ जना संक्रमित रहेका थिए । सबैजना निको भएर घर फर्किसकेका छन् । हाँडसिंजा स्वास्थ्य चौकी इन्चार्ज विरेन्द्र उपाध्यायका अनुसार अहिले यहाँ सक्रिय संक्रमितको संख्य शुन्य रहेका छ । उनले भने,’जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर गाउँ गाउँमा पुगेर टेष्टीङ गर्ने तयारी गरेका छौँ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ