२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा १५० संक्रमित थपिए, २३९ जना डिस्चार्ज

कर्णालीमा १५० संक्रमित थपिए, २३९ जना डिस्चार्ज


सुर्खेत – पछिल्लो २४ घण्टामा कर्णालीमा गरिएको ३१३ जनाको आरटी पीसीआर परीक्षणमा ८९ जनामा संक्रमण पुष्टि भएको छ । २२६ जनाको एन्टीजेन विधिबाट गरिएको परीक्षणमा भने थप ६१ जनामा पुष्टी भएको हो ।

योसँगै पछिल्लो २४ घण्टामा ९३ जना आइसोलेसनमा संक्रमित थपिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्युभएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४१ पुगेको निर्देशनालयको जारी विज्ञप्तीमा उल्लेख छ ।

कर्णालीमा हालसम्म १५ हजार सात सय ५१ जनाले कोरोना संक्रमण जित्दा पछिल्लो २४ घण्टामा मात्रै थप २३९ जना डिस्चार्ज भएका छन् ।

हाल कर्णालीमा सक्रिय संक्रमितको संख्या ५ हजार ९२९ पुगेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ