२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा थपिए ४२५ जना कोभिड संक्रमित, ५१२ डिस्चार्ज

कर्णालीमा थपिए ४२५ जना कोभिड संक्रमित, ५१२ डिस्चार्ज


सुर्खेत – पछिल्लो २४ घण्टामा कर्णालीमा ५१२ जनाले कोरोना भाइरस जितेर डिस्चार्ज हुँदा ४२५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार सोमबार ५१२ जनामा गरिएको आरटी पीसिआर विधिको परीक्षणमा २१९ र ७०१ जनामा गरिएको एन्टिजेन परीक्षणमा २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

हाल ५ हजार ५ सय ५५ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । जसमा धेरै जसो बिरामीहरु होम आइसोलेसनमै बस्ने गरेको निर्देशनालयले जनाएको छ ।

कर्णालीमा लगातार कोरोना जितेर निको हुनेको संख्या बढिरहेको छ । संक्रमित र डिस्चार्ज हुनेको संख्यामा केही अन्तरमा जित्नेको संख्या बढेको स्वाथ्य सेवा निर्देहनालयको तथ्यांकले देखाउछ ।

यस्तै, पछिल्लो समय मृत्युदरको संख्यामा पनि कमी आएको छ । आज जुम्लामा १, सल्यानमा १ र सुर्खेतमा २ जना गरी ४ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४७ पुगेको निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ