२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोभिड कहरबाट फिरन्ते जाती राउटेलाई थप सकस

कोभिड कहरबाट फिरन्ते जाती राउटेलाई थप सकस


सुर्खेत – कोरोना माहामारीको कारण देश नै आक्रान्त बनेको बेला फिरन्ते जाती राउटेलाई थप सकस भएको छ । यसैबीच फिरन्ते जाती राउटेहरुको दैनिकीमा समेत प्रभावित बनेका छन् ।

उनीहरु पहिले जस्तो हिजोआज सजिलै गाउँ छिर्न पाउँदैनन् । जसकारण एकातिर कोरोना माहामारीले सताउँदै गएको छ । भने, अर्कोतिर राउटेहरुले सजिलै खाद्यन्न जुगाड गर्न सकेका छैनन्।

यस्ता अनेक समस्याकाबिच राउटेलाई भोकमारीमा पर्न नदिन बस्तीमै पुगेर अन्तर्राष्ट्रिय मानवता समूहले खाद्यन्न वितरण गरेको छ । आइतबार अन्तर्राष्ट्रिय मानवता समूह कर्णाली प्रदेशको टोलीले राउटे बस्तीमा पुगेर खाद्यन्न सहयोग गरेको हो ।

टोलीले ५० घरपरिवार राउटेलाई एक-एक बोरा चामल र दाल, तेल, नुन र साबुन सहयोग गरेको हो । सुर्खेतको गुर्भाकोट नगरपालिकाको बोटेचौर स्थित नदी छेउमा बसेका राउटेलाई बस्तीमै पुगेर खाद्यन्न सहयोग गरिएको हो ।

राउटे मुखिया सुर्यमान शाहीका अनुसार खाद्यन्न सहयोग पाएपछि राउटे बस्ती नै खुसी भएको छ । सहयोगदाताप्रति राउटेहरुले धन्यबाद समेत ब्यक्त गरेका छन् । अन्तराष्ट्रीय मानवता समूहका कर्णाली प्रदेश प्रमुख सल्लाकार तृसना हमाल र प्रदेश प्रमुख रेशम नेपाली सहितको टोली खाद्यन्न लिएर राउटे बस्तीमै पुगेको थियो । राष्ट्रिय कलाकार समेत रहेका प्रदेश प्रमुख नेपालीले यस्ता अभियान कर्णालीमा निरन्तर चल्ने बताए ।

सो समूहका केन्द्रीय अध्यक्ष तथा ओएसनेपालका डाईरेक्टर एचबी ताम्राकारको नेतृत्वमा नेपालभरी आक्रामक रुपले कोरोना महामारीसँगै लकडाउनको मारमा परेका गरिब, अशक्त, दृष्टिविहिन, घरवारविहिन लगायत राउटे समुदायलाई राहात वितरण गरिरएको छ ।

ताम्राकारका अनुसार माहामारीले भन्दा पनि भोकले कोही नेपाली नमरोस भन्ने उदेश्यका साथ यो अभियान देशभरी संचालन गरिएको हो ।
यो अभियान निरन्तर देशैभरी चलिरहेको छ ।

ग्लोबल भूट्निज हिन्दू अर्गनाइजेशनले १५ सय अमेरीकी डलर र द ग्लोबल माउन्टेन फन्डले एक हजार डलर सहयोग गरेका छन् । भने, अन्य मनकारी युवाहरुले फरक समयमा सकेको सहयोग गर्ने कार्य जारी राखेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ