२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसहयोगको याचना गर्दै हुम्लाका रक्त क्यान्सर बिरामी

सहयोगको याचना गर्दै हुम्लाका रक्त क्यान्सर बिरामी


जुम्ला- दुर्गम जिल्ला हुम्ला अदानचुली गाउँपालिका – ३ रोकाया गाउँका १३ वर्षीय अखिल दमाइ रक्त क्यान्सरका बिरामी हुन् । उनलाई गएको चैत महिनादेखि बिरामी लागेको हो ।

बिरामी भएपछि हुम्लादेखि चार दिनको पैदल हिडेर मुगुको गमगढी बजार पुगे । अहिलेसम्म हुम्लामा मोटरबाटो पुगेको छैन् । जिल्लामा सुविधा सम्पन्न अस्पताल पनि छैन । दुर्गम जिल्लामा नागरिक विरामी भएपछि मृत्यु कुर्नुको विकल्प छैन ।

मुगु जिल्ला अस्पतालमा कोरोना परीक्षणपछि त्यहाँका कर्मचारीको सहयोगमा गाडीबाट जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पुगेको अखिलको बुवा ४५ वर्षीय जाड दमाईले बताए । उनले भने विरामी छोरालाई पिठ्यूमै बोकेर हुम्लाबाट मुगु पुगियो ।

मुगुबाट १२ जेठमा गाडीमार्फत आएर विरामी छोरालाई जुम्ला अस्पतालमा भर्ना गरिएको हो । यहाँ अस्पतालमा भर्ना गरिएपनि उपचार हुन नसक्ने अवस्था रहेको चिकित्सकले बताएका छन् ।

घरमा पेशा व्यवसाय केही छैन । कुटो कोदालो (कृषि) गरी जीविको पार्जन गर्दै आएका थियौँ उनले भने छोरालाई एक्कासी यस्तो रोग लागेपछि कसरी कहाँ उपचार गर्ने भन्ने चिन्ताले पिरोल्दै आएको छ । उनले धेरै टाढा हुम्लाबाट छोराको उपचारका लागि जुम्ला अस्पताल आएपनि उपचार हुन नसक्ने अवस्था भएपछि चितवन, काठमाडौँतिर जाने तयारी भइरहेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रवक्ता डाक्टर रमेश भट्टराईका अनुसार यहाँ क्यान्सरको उपचार गर्ने सुविधा नभएकोले बाहिर सुविधा सम्पन्न अस्पतालमा रिफर गर्नु परेको हो । उनले भने विरामीलाई रक्त क्यान्सर भएकाले चितवन क्यान्सर अस्पताल पठाउने तयारी भइरहेको छ ।

बिरामीका घरपरिवार निकै विपन्न भएकाले उपचारका लागि निकै समस्या रहेको प्रवक्त डाक्टर भट्टराईले बताए । क्यान्सर जस्तो रोगको उपचार गर्न निकै खर्च लाग्छ । यस्ता विपन्न वर्गको उत्थानका लागि सहयोग हातहरु जुट्न अस्पतालले अपिल गरेको उनले बताए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डाक्टर मंगल रावलले भने विरामीको उपचार खर्चमा निकै समस्या देखिएकोले सरोकारवाला निकाय तथा व्यक्तिहरुसँग समन्वय भइरहेको छ ।

क्यान्सर रोगलाई जित्न सफल भएकी नाइका तथा समाजसेवी मनिषा कोइरालासँग पनि यिनै क्यान्सर पीडित बिरामीको सफल उपचारका लागि समन्वय भइरहेको उनले बताए । अन्य निकायलाई पनि सहयोग गर्न अपिल गर्दछौँ ।

 


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ