२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोभिड नियन्त्रण गर्न रेडक्रसको स्वास्थ्य सामग्री सहयोग

कोभिड नियन्त्रण गर्न रेडक्रसको स्वास्थ्य सामग्री सहयोग


जुम्ला –  नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाले कोभिड-१९ माहामारी रोकथाम तथा नियन्त्रण गर्न आवश्यक स्वास्थ्य सामग्री जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई प्रदान गरेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको निर्णय अनुसार एकदवार प्रणालीमा स्वास्थ्य सामग्री गर्ने भएपछि रेडक्रसले समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

नेपाल रेडक्रमले विगत एक वर्षदेखि कनकासुन्दरी गाँउपालिका र चन्दननाथ नगरपालिकाभित्र लक्षित गरि कोभिड पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम संचालन गर्दै आएको थिए । यो स्वास्थ्य सामग्री नेपाल रेडक्रसलाई चीन रेडक्रसबाट सहयोग भएको हो ।

सर्जिकल माक्स २६ हजार थान, एन ९५ मास्क ८५० वटा, पि.पि.ई सेट २० सेट लगायतको स्वास्थ्य सामग्री जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको रेडक्रस शाखा जुम्लाले जनाएको छ ।

यस्तै, सर्जिकल मास्क १०,००० थान, पि.पि.ई सेट २० र बाँकी स्वास्थ्य सामग्री नेपाल रेडक्रस सोसाईटी जुम्लाले यहाँका उपशाखा मार्फत स्थानीय तहका प्रतिनिधिको उपस्थितिमा समुदाय स्तरमा वितरण गरिने छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाले विभिन्न स्थानमा संचालन भई रहेका क्वारेन्टाइन साईटहरुको सहयोगका लागि १०० परिवार जतिलाई पुग्ने गैर खाद्य सामग्रीहरु समेत नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयसँग माग गरिएको रेडक्रस जुम्ला मन्त्री इन्द्र राज डाँगीले बताए ।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिको अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार जिल्लामा एकदवार प्रणाली मार्फत स्वास्थ्य सामग्री वितरण गर्ने गरी दाताहरुबाट सहयोगी भएको छ ।

उनले भने, ‘कोभिड माहामारीमा आवश्यक पर्ने स्वास्थ्य सामग्री रेडक्रस जुम्लाबाट कोभिड संकट व्यवस्थापन समितिलाई सहयोग प्राप्त भएको छ । यसलाई आवश्यकताका आधारमा एकदवार प्रणालीमा स्थानीय तह र अस्पतालमा पठाइने छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ