२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाका ४९६ संक्रमितमध्ये २५७ जना संक्रमणमुक्त

जुम्लाका ४९६ संक्रमितमध्ये २५७ जना संक्रमणमुक्त


जुम्ला –  कर्णाली प्रदेशको जुम्लाका आठवटै स्थानीय तहका गाउँ गाउँमा कोभिड-१९ संक्रमण फैलिएको छ । आइतबारसम्म यहाँ कोरोना संक्रमित हुनेको संख्या ४९६ पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार ४९६ संक्रमित मध्ये २५७ जना कोभिड-१९ संक्रमण मुक्त भएका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३६ जना उपचारतार्थ रहेका छन् । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएदेखि जुम्लामा संक्रमणबाट दुई जना जेष्ठ नागरिकको मृत्यु भएको प्रशासनले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

यस्तै,  संक्रमण मुक्त भएका एक अर्का जेष्ठ नागरिकको पनि मृत्यु भएको थियो । तर संक्रमण मुक्त भएका व्यक्तिको भने प्रशासनले आफ्नो तथ्यांकमा भने उल्लेख गरेको छैन । कोभिडबाट मुक्त भएपनि संक्रमणले नै फोक्सोमा असर गरेकोले संक्रमणकै कारण (पोष्ट कोभिड) मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक डा. राजीव शाह बताउछन ।

साता तातोपानी गाउँपालिका – ६ रावतवाडा गाउँ १३६ जनालाई कोरोना परीक्षण गर्दा २१ जनालाई कोरोना पुष्टि भएको थियो ।

कारागारभित्रका दुई महिला र १ सय २१ पुरुष गरी १ सय २३ जना कैदीवन्दीमध्य १५ जना पुरुषलाई कोरोना संक्रमण देखिएको जेलर गयाप्रसाद पाण्डेले बताए । उनले भने, ‘संक्रमति १५ जना मध्ये एक जना ७७ वर्षीय पुरुष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ