२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतमा निषेधाज्ञा जेठ ३१सम्म

सुर्खेतमा निषेधाज्ञा जेठ ३१सम्म


सुर्खेत – सुर्खेतमा गत १४ वैशाख राति देखि जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबार भर्चुअल माध्यमबाट बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले निषेधाज्ञाको प्रभावकारीता, अस्पतालमा बिरामीको उपचारको अवस्था, अक्सिजन आपूर्ति तथा परीक्षणको लगायत विषयमा सम्बन्धित सरोकारवालासँग समिक्षासमेत गरेको छ ।

जिल्लामा बढ्दै गइरहेको कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि जिल्लास्थित क्रियाशील सम्पूर्ण राजनीतिक दल, पेशाकर्मी, व्यवसायी, बुद्धिजिवी, नागरिक समाज लगायत सबै जिम्मेवार पक्षले आ–आफ्नोतर्फबाट निषेधाज्ञाको पालना गर्न आग्रह गर्दै जोखिम कम गर्न र स्वास्थ्य सम्बन्धि मापदण्डको पालना गर्ने गराउने कार्यमा सहयोग र समन्वय गर्न प्रशासनले आह्वान गरेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ