२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशनगर कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

नगर कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण


सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाले संचालन गरेको नगर कोभिड अस्पताललाई नेपाल रेडक्रस सोसाइटी सुर्खेतले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

मंगलबार रेडक्रस सुर्खेतका सभापति रामलाल आचार्यको उपस्थितिमा जिल्ला कोभिड विपद व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले नगरपालिकाका प्रमुख देवकुमार सुवेदीलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।

रेडक्रस सुर्खेतले हस्तान्तरण गरेको स्वास्थ्य सामग्रीले नगर अस्पताल संचालनमा सहयोग पुग्ने बताउदै प्रमुख जिल्ला अधिकारी रिजालले रेडक्रसले विपदको बेला गरेको सहयोगप्रति खुसि व्यक्त गर्दै कोभिड रोकथाम तथा नियन्त्रणको कार्यमा सवै क्षेत्रले सक्दो योगदान गर्नुपर्ने उल्लेख गरे ।

उनले कोभिड-१९को दोस्रो चरणको जोमिख केही कमी हुँदै गएकोमा अव सवै पक्षले तेस्रो चरणको रोकथामको तयारीमा लाग्नुपर्ने बताए । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरपालिकाले नगरभित्रका कोभिडका विरामीहरुको उपचारका लागि संचालनमा ल्याएको नगर अस्पताललाई रेडक्रसले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

रेडक्रसले उपलब्ध गराएका सामग्रीहरुमा १० थान बेड, १० थान अक्सिमिटर, मास्क, सोलार वत्ती लगायत विभिन्न सामग्रीहरु रहेका छन । सामग्री हस्तान्तरण कार्यक्रममा सुर्खेतका प्रहरी प्रमुख एसपी राजेन्द्र भट्ट, पत्रकार महासंघका अध्यक्ष ललित बसेल, वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्रदेव गिरी, नगर अस्पतालका चिकित्सक लगायतको उपस्थिति थियो ।

यसैबीच रेडक्रस सुर्खेतले लेकबेसी नगरपालिकालाई पनि ६ थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ