२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा ५० हजार जेष्ठ नागरिकलाई चिनियाँ खोप लगाइँदै

कर्णालीमा ५० हजार जेष्ठ नागरिकलाई चिनियाँ खोप लगाइँदै


सुर्खेत – कर्णालीमा पहिलो चरणमा खोप लगाउन छुटेका जेष्ठ नागरिकलाई खोप लगाउन थालिएको छ । पहिलो चरणमा छुटेका कर्णाली प्रदेका झण्डै ५० हजार बढी जेष्ठ नागरिकलाई चिनियाँ खोप लगाउने भएको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार ६२ देखि ६४ बर्ष उमेर समूहका नागरिक खोपबाट लाभान्वित हुने भएका हुन् । जसअनुसार सुर्खेतमा सबैभन्दा बढीलाई खोप लगाउने लक्ष्य राखिएको छ । सुर्खेतका १२ हजार पाँचसय ७२ जना बढि जेष्ठ नागरिकलाई खोप लगाउने निर्देशनालयले जनाएको छ ।

सुर्खेतमा यही जेठ २७ गते र २९ गते मात्रै खोप अभियान सुरु हुनेछ । तथ्याङ्कअनुसार डोल्पामा एक हजार दुईसय १० जना, मुगुमा एक हजार आठसय २९ जना, हुम्लामा एक हजार ६ सय ८० र जुम्लामा तीन हजार ६ सय २६ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।

त्यस्तै, कालिकोटमा चार हजार पाँचसय ५९ जना, दैलेखमा आठ हजार चारसय ९५ जना, जाजकारेटमा पाँच हजार ६ सय ७३ जना, रुकुमपश्चिममा चार हजार आठसय ५८ जना र सल्यानमा सात हजार सातसय ६८ जनालाई गरेर कुल ५२ हजार दुईसय ७० जनालाई खोप लगाइने छ । सम्बन्धित स्थानीय तहले नजिकको स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा अस्पतालहरूमा खोप लगाउने छन् ।

कर्णाली प्रदेशमा पहिलो पटक चिनियाँ खोप भेरोसेल लगाउन थालिएको हो । यो खोप पहिलो डोज लगाएको एक हप्ताभित्र दोस्रो डोज लगाइसक्नु पर्नेछ । सुर्खेत बाहेकका अन्य जिल्लाले मंगलबारदेखि नै खोप अभियान सुरु गरिने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका कोरोना फोकलपर्शन नोदनारायण चौधरीले जानकारी दिए । खोप केन्द्रहरु भने सम्बन्धित जिल्लाले नै निर्धारण गर्नेछन् ।

चिनले अनुदानमा दिएको कोरोना खोप केन्द्र सरकारले कर्णालीका लागि ६१ हजार ६ बढी नौ वटा खोप पठाएको छ । त्यसमध्ये ५२ हजार दुईसय ७० खोप लगाइने छ । देशभर चिनिया खोप जेष्ठ नागरिकलाई मात्रै लगाइने छ । तर, कर्णाली प्रदेशमा भने स्वास्थ्यकर्मीहरुलाई पनि खोप लगाइने छ । दोस्रो चरणको कोरोना महामारीमा नियन्त्रणमा खटिएका (करारमा) नियुक्त भएका स्वास्थ्यकर्मीलाईसमेत खोप लगाइने छ ।

यस्तै, कर्णालीमा पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा १५२ र एन्टिजेनबाट १२८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशका हालसम्म कुल संक्रमितको संख्या २५ हजार ६ सय २४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ सय ८५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै कुल संक्रमितमध्ये हालसम्म निको हुनेको संख्या २० हजार २ सय ९ पुगेको छ ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका अनुसार कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचारको क्रममा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतका तीन र रूकुमका एकजना रहेका छन् । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ७६ पुगेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ