२०७८ असार १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश अस्पतालमा आईसियूमा ३९२, भेन्टिलेटरमा ९३ जना उपचाररत

कर्णाली प्रदेश अस्पतालमा आईसियूमा ३९२, भेन्टिलेटरमा ९३ जना उपचाररत


सुर्खेत – कर्णाली प्रदेशअस्पतालमा पछिल्लो समय कोरोना जित्ने संक्रमितको संख्या बढ्दै गएको छ । प्रदेश अस्पताल सुर्खेतका अनुसार आइसोलेशन सुरु भएदेखि हालसम्म आइसोलेशनमा बसेका १३ सय ७८ जनामध्ये ११ सय ४५ जनाले कोरोना जितेर घर फर्केका छन् ।

कोभिड-१९ बाट १ सय २५ जनाको ज्यान भएको छ । बुधबार थप ३ जना संक्रमित उपचारका लागि आइसियूमा भर्ना भएपछि हालसम्म आइसियूमा भर्ना हुनेबिरामीको संख्या ३ सय ९२ जना पुगेको छ ।

यस्तै, बुधबार थप ३ जना संक्रमितलाई उपचारका लागि भेन्टिलेटरमा राखिएपछि हालसम्म भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामी ९३ जना पुगेको प्रदेश अस्पतालले सार्वजनिक गरेको कोभिड-१९ दैनिक प्रतिवेदनमा उल्लेख छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)