२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्ला अस्पतालमा गर्धनको मेरुदण्डको जटिल शल्यक्रिया सफल

जुम्ला अस्पतालमा गर्धनको मेरुदण्डको जटिल शल्यक्रिया सफल


जुम्ला – पछिल्लो समय कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लाले एकपछि अर्को सफलता प्राप्त गर्दै आएको छ । हाँडजोर्नीका सफल शल्यक्रिया हुने गरेका छन् ।

सबै खालका जटिल शल्यक्रिया सफल गरेर बिरामी तथा सेवाग्राहीको विश्वास जित्दै गएको प्रतिष्ठानले पहिलो पटक जुम्लामै गर्दन (घाँटी)को मेरुदण्डको जटिल शल्यक्रिया समेत सफल गरिएको हो ।

कोभिड-१९ माहामारीपछि दोस्रो उत्कृष्ठ काम तथा सेवा प्रवाह गर्दै आएको प्रतिष्ठानले स्थानीय एक युवकको घाँटीको मेरुदण्डको जटिल शल्यक्रिया सफल गरेको हो ।

तिला गाउँपालिका ७ का २० वर्षीय लोकबहादुर रोकाया कामको शिलशिलामा २ तला घरको भ¥याङ्गबाट खस्दा घाँटीमा गम्भिर चोट लागेको थियो । गम्भिर चोटपछि सिकिस्त विरामी बनेका लोकबहादुरलाई उपचारका लागि प्रतिष्ठानमा लिइएपछि प्रतिष्ठानको हाडजोर्नी तथा नशा रोग विभागले आवश्यक तयारी गरी जटिल शल्यक्रिया शुरु गरेको थियो ।

पहिलोपटक प्रतिष्ठानका डाक्टरबाट यस्तो जटिल शल्यक्रिया सफल भएपछि बिरामी लोकबहादुरको परिवार खुसी भएका छन् । उक्त शल्यक्रिया प्रतिष्ठानका सह-प्राध्यापक तथा हाडजोर्नी विभाग प्रमुख डा. पुजनकुमार रोकायाको नेतृत्वमा डा. तुलाकृष्ण गुप्ता, डा. रमेश भट्टराई, डा. अर्जुन प्रसाद तिवारी, डा. निराजन महासेठ लयायतका टिमले सफल गरेका हुन् ।

यसअघि कर्णालीवासी घाँटीको मेरुदण्डको जटिल शल्यक्रियाका लागि लाखौं खर्च गरेर काठमाडौं तथा भारतसम्म पुग्ने गरेका थिए । अब प्रतिष्ठानमै शल्यक्रिया हुने भएपछि बिरामीको आर्थिक भार समेत घट्ने भएको छ ।

डा. पुजनकुमार रोकायाले भने, ‘कोभिड-१९ महामारीकाबिच चुनौतीका साथ शल्यक्रिया सम्पन्न भयो । यस्तो जटिल खालको शल्यक्रिया गर्दा सहयोग गर्ने ओ.टि. विभागको सम्पूर्ण टिम, एनेस्थेसिया तथा आई.सि.यू विभागको सम्पूर्ण टिम, रेडियोलोजी विभागको टिम तथा हाडजोर्नी विभागका सम्पूर्ण टिमलाई धन्यवादका पात्र भएका छन् ।’

उनका अनुसार यदी बिरामीको हड्डी भाँचिएपछि समयमा अप्रेशन नगर्दा निकट भविष्यमा हातखुट्टा बाङ्गो भई काम गर्न गाह्रो हुने तथा अपांग हुने हुँदा कोरोना महामारीकाबीच प्रतिष्ठानको हाडजोर्नी विभागले शल्यक्रिया सूचारु गरेको थियो ।

कोभिडको दोस्रो लहरका कारण निषेधाज्ञाकाबिच गएको बैशाख २२ गतेपछि प्रष्ठिानमा ३८ जना बिरामीको हाडजोर्नीको सफल शल्यक्रिया गरिएको छ । जसमध्ये ११ जना कालिकोट र २७ जना जुम्लाका बिरामी रहेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ