२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमुगुका स्वास्थ्यकर्मीमाथि लेखा शाखा प्रमुखको दुर्व्यवहार, अस्पतालका सबै सेवा बन्द

मुगुका स्वास्थ्यकर्मीमाथि लेखा शाखा प्रमुखको दुर्व्यवहार, अस्पतालका सबै सेवा बन्द


जुम्ला –  जिल्ला अस्पातलम मुगुका  लेखा शाखा प्रमुखले स्वास्थ्यकर्मीमाथि धम्कीपूर्ण दुर्व्यवहार गरेको भन्दै त्यहाँ  कार्यरत डाक्टरहरुले  ईमर्जेन्सी वाहेक अन्य सेवा बन्द गरेका छन् ।

बिहीबार स्वास्थ्य सेवा कार्यालयका लेखा प्रमुखसँग आफ्ना १५ वुँदे माग राख्दै प्रशासनसम्म पुगेका चिकित्सकहरुले आफूहरुमाथि दुर्व्यवहार भएको भन्दै अस्पतालका सबै सेवा बन्द गरेका हुन् ।

अस्पतालका लेखा प्रमुखले आफूहरुलाई धम्की र दुव्र्यवहार गरेको अस्पातलमा कार्यरत डाक्टरहरुको आरोप छ । बिहीबार साँझ ६ बजेदेखि आफ्ना माग पूरा नहुन्जेलसम्म अनिश्चितकालका लागि अस्पतालको ईमर्जेन्सी सेवाबाहेक अन्य सेवा संचालन गर्न नसकिने अस्पातलमा कार्यरत डाक्टरहरुले बताएका हुन् ।

बिहीबार जिल्ला अस्पातालमा कार्यरत १० जना डाक्टरहरुले हस्ताक्षर गरेको १५ बुँदे मागसहित लेखा प्रमुख सुरेश केसीसँग भेट गरेका थिए । मागबारे छलफलका लागि समेत उनीहरुले प्रशासनलाई आग्रह गरेका थिए ।

निश्चित समयमै मासिक तलब तथा सेवा सुविधा पाउनुपर्ने, सूचना तथा समाचारका लागि टेलिभिजन, मासिक रुपमा जम्मा गरिने नागरिक लगानी कोषको रकम, ईन्टर्नसिपको रकम, बिरामीका लागि चाहिने औषधि खरिद गर्दा वा संख्या निर्धारण गर्दा परामर्श नलिइ खरिद गर्ने गरेको विषय माग राखेका छन् ।

यस्तै, लेखा प्रमुख कार्यालयमा नआइ आफ्नो कोठालाई कार्यालयको रुपमा प्रयोग गर्दै आएको, अस्पतालका उपकरण तथा अन्य सामग्री उपयोग गर्न नसकेको, महिनौँदेखि अस्पतालमा रहेका एक्स-रे, ईसिजी यूएसजी पेपरको व्यवस्था नगरेको, अस्पतालको एम्बुलेन्स सञ्चालनमा नल्याएको लगायत विषयमा छलफल गर्न आफूहरु लेखा प्रमुख केसीकहाँ पुगेको डा. कविराज पौडेलले बताए ।

यता, लेखा प्रमुख केसीले भने चिकित्सकहरुले अनावश्यक माग राखेकाले असहमति भएको जिकिर गरेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ