२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाको चन्दननाथले पनि छात्रवृत्तिमा एमबीबीएस पढाउने

जुम्लाको चन्दननाथले पनि छात्रवृत्तिमा एमबीबीएस पढाउने


जुम्ला –  जुम्लाको चन्दननाथ नगरपालिकाले पनि स्वास्थ्य र सामाजिक विकासलाई प्रथामिकता दिएर नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । उक्त कार्यक्रमअन्तर्गत जुम्लाका स्थानीयतहले छात्रवृत्तिमा एमबीबीएस अध्ययन गराउने भएको छ ।

हालै नेपाल सरकार चिकित्सा शिक्षा आयोगले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई २० सिट एमबीबीएस अध्ययन अध्यापनको अनुमति पाएसँगै जुम्लाका स्थानीयतहले छात्रवृत्तिमा एमबीबीएस अध्ययन नीति तथा कार्यक्रममा समेटेका हुन् ।

मेयर कान्तिका सेजुवालका अनुसार बीबीएस पढ्ने विद्यार्थीलाई विशेष छात्रवृत्ति उपलव्ध गराउने नीति तथा कार्यक्रममा समेटिएको हो । उनले भनिन्,’ विपन्न, मेहनत जेहन्दार एकजना विद्यार्थीलाई छात्रवृति उपलब्ध गराउने नीति तथा कार्यक्रममा समेटेका छौँ । नीति तथा कार्यक्रम पारित भएको र बजेट यसै साताभित्र ल्याउने निर्णय भएको  छ ।’ तर, नगरपालिकाकै उपमेयर अप्सरादेवि न्यौपानेले भने नीति तथा कार्यक्रम र बजेट केही पनि प्रस्तुत नभएको दावी गरेकी छन् ।

यस्तै, पातारासी गाउँपालिकाले एकजना विद्यार्थीलाई छात्रवृत्तिमा एमबीबीएस पढाउने भएको छ । गाउँपालिकाले सातौं गाउँ सभामा एमबीबीएस छात्रवृत्तिमा पढाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

यहाँका ८ स्थानीय तहमध्ये दुई स्थानीय तह चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले आफ्ना नागरिक तथा विद्यार्थीलाई छात्रवृत्तिमा एमबीबीएस पढाउने नीति तथा कार्यक्रममा समेटेका हुन् ।

पातारासीमा अहिलेसम्म एमबीबीएस अध्ययन गरेको कोही नभएकाले प्रोत्साहन गर्नका लागि यस्तो नीति लिएको प्रमुख प्रशासनिक अधिकृत टेकबहादुर बुढथापाले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ