२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशअब सुर्खेतमै क्यान्सरको शल्यक्रिया हुने

अब सुर्खेतमै क्यान्सरको शल्यक्रिया हुने


सुर्खेत – क्यान्सरको उपचारका लागि महँगो खर्च व्यहोरेर जिल्ला बाहिर जान पर्ने बाध्याता अब सुर्खेतवासीका लागि अन्त्य हुने भएको छ ।  कर्णाली प्रदेश अस्पताल सुर्खेतले छिट्टै क्यान्सरको शल्यक्रिया सेवा सुरु गर्न लागेको हो ।

अस्पतालले सुर्खेतमै क्यान्सरको शल्यक्रिया सुरु गरेपछि यसअघि झै बिरामीहरुले अब नेपालगन्ज, चितवन, काठमाडौं तथा भारतसम्म जानुपर्ने बाध्यता हट्ने भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच प्रदेश अस्पतालले छिट्टै क्यान्सर उपचार सेवा सुरु गर्ने जनाएको हो ।

अस्पतालका निर्देशक डम्बर खड्काका अनुसार यसअघि अस्पतालमा क्यान्सर रोग पत्ता लगाउने जनशक्ति थिएन । तर, हाल प्याथोलोजिष्ट चिकित्सकको व्यवस्था गरेकाले अब क्यान्सर उपचार सेवा सुरु हुनेछ ।

बिरामी आएमा अस्पतालले क्यान्सर भए नभएको पत्ता लगाउने, यहाँ शल्यक्रिया गर्न सकिने भए गर्ने र नगर्न सकिने भएको खण्डमा अन्यत्र रेफर गर्ने तयारी गरेको छ । नेपाल सरकारले क्यान्सर लागेका बिरामीहरुका लागि सरकारले व्यहोर्ने एक लाखसम्मको उपचार खर्चका बारेमा सरकारसँग लविङ गर्न प्रदेश अस्पतालको तयारी छ ।

क्यान्सरको उपचारका लागि आवश्यक पर्ने उपकरणको पनि अस्पतालले व्यवस्था गरिसकेको छ । अस्पतालको संरचना निर्माण गर्ने, अस्पताललाई पाँच सय  शैय्याको बनाउने लगायतका कामका लागि प्रदेश सरकारले पर्याप्त बजेट उपलब्ध गराएकोले सेवा सुचारुका लागि सहज भएको डा. खड्काले जनाकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ