२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाको देपाल गाउँमा ५३ मध्ये २२ जनामा कोभिड-१९ संक्रमण

जुम्लाको देपाल गाउँमा ५३ मध्ये २२ जनामा कोभिड-१९ संक्रमण


जुम्ला – जुम्लाको मुकाम खलंगादेखि पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिकाको वडा नम्बर ५ देपाल गाउँमा ५३ जनामा कोभिड-१९ परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्य सेवा कार्यालयको समन्वयमा गुठीचौर गाउँपालिकाको स्वास्थ्य शाखाले एन्टीजेन परीक्षण गर्दा परीक्षण गरिएका मध्य ५० प्रतिशतलाई संक्रमण देखिएको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बालराम नेपालीका अनुसार अहिले संक्रमणले यो गाउँपालिका निकै प्रभावित भएको छ । ‘परीक्षण गरिएको मध्ये ५० प्रतिशतमा संक्रमण देखिनु भनेको जोखिम नै हो । निकै जोखिम निम्तिदासम्म देपालगाउँ सील गरी थप कन्टयाक ट्रेसिङ गर्नुपर्ने हो,’उनले भने,’ तर गाउँ भने सील गरिएको छैन ।’

हालसम्म गुठीचौर गाउँपालिकामा कोरोना संक्रमितको संख्या १०७ पुगेको छ । अझै पनि ३२ जना सक्रिय संक्रमित छन् । संक्रमित मध्ये ७ जना होमआइसोलसनमा र २५ जना संस्थागत आइसोलेसनमा राखिएको संयोजक नेपालीले बताए ।

यस्तै, कोभिड संक्रमणकै कारण यस गाउँपालिका एक जना पुरुष र एक जना महिलाको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । एकजना पुरुषको भने कोभिड रिपोर्ट नेगेटिभ(पोष्ट कोभिड) आएपछि मृत्यु भएको छ । मृतक पुरुषको भने प्रशासनले तथ्यांकमा उल्लेख गरिएको छैन ।

जुम्लामा संक्रमितको संख्या ७७५ पुगेको छ । यसमध्ये ५९५ जना संक्रमण मुक्त भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसन कक्षमा २१ जना उपचारथ रहेका छन् ।  भने, संक्रमणका कारण जुम्लाका पाँच जनाको मृत्यु भएको जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ