२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोभिडका कारण ज्यान गुमाएका शिक्षकको सम्झनामा दीप प्रज्वलन, खोपको माग गर्दै शिक्षक

कोभिडका कारण ज्यान गुमाएका शिक्षकको सम्झनामा दीप प्रज्वलन, खोपको माग गर्दै शिक्षक


जुम्ला – जुम्लास्थित एकिकृत अखिल नेपाल शिक्षक संगठन (अन्टाओ) सम्वद्ध शिक्षकहरुले देशभरका शिक्षकहरुलाई कोभिड भ्याक्सिन उपलब्ध गराउन जोडदार माग गरेका छन् ।

कोभिड-१9  महामारीले जीवन गुमाएका शिक्षक कर्मचारीको सम्झनामा जुम्लासहित मुलुकभर दीप प्रज्ज्वलन गर्दै शिक्षकले कोभिडका कारण शिक्षा क्षेत्र निकै प्रभावित भएकोले यथाशीघ्र आफुहरुलाई  खोप पाउनु पर्ने माग राखेका हुन् ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाका सचिव जयशंकर धितालले देशभर २५० बढी शिक्षक कर्मचारीले ज्यान गुमाउँदा पनि सरकारले वेवास्ता गरेको दुखेसो गरे ।

‘सरकार ! हामी शिक्षण कार्य शुरु गर्न तयार छौं, सचिव धितालले भने, ‘यद्यपि सरकारले हामीलाई बेलैमा कोरोना विरुद्धको खोप लगाइदिनु प¥यो ।’ ,उनले भने ।

सयौं बालबालिकाको भीडमा हुने पठनपाठनलाई ध्यानमा राखेर सरकारले जतिसक्दो चाँडो देशैभरका शिक्षकलाई भ्याक्सिन दिनुपर्ने उनको भनाई छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ