२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा १९जनाको परीक्षण गर्दा १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि

जुम्लामा १९जनाको परीक्षण गर्दा १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि


जुम्ला-  जुम्लामा पछिल्लो २४ घण्टामा १४ जनामा कोभिड-१९ पुष्टि भएको छ  । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १९ जनालाई पीसीआर परीक्षण गरिएकोमा १४ जना संक्रमण पुष्टि भएको हो ।

यस्तै, संक्रमणमुक्त हुनेको संख्या दुई जना रहेको छ भने  ।

यस्तै, जुम्लामा कोभिड-१९ संक्रमण पुष्टि हुनेको संख्या ८९० रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईका अनुसार असार २४ गतेसम्म संक्रमण मुक्त हुनेको संख्या ७६८ जना रहेको छ । अहिले पनि जुम्लामा १२२ जना सक्रिय संक्रमित रहेको उनले बताए ।

संक्रमणका कारण यस जिल्लाका पाँचजना जेष्ठ नागरिकसहित ७ जनाको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । यस्तै बाहिर जिल्लाका जुम्ला अस्तालमा ४ जनाको मृत्यु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसन कक्षमा १९ जना उपचारतार्थ रहेको जनाएको छ ।

कोभिड-१९ संक्रमण कम भएको भन्दै सरकारले देशभर लकडाउन तथा निषेधाज्ञा खुकुलो गर्दै आएको भएपनि संक्रमणमा कमि भनेको आएको छैन ।

देशभरसहित जुम्लामा पनि निषेधाज्ञा खुकुलो पार्दै लगिएको छ । वैशाख पहिलो सातादेखि जुम्लामा कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा असार तेस्रो सातादेखि केही खुकुलो पारिएको हो ।

सवारी साधान सञ्चालनमा जोर विजोर नम्बर प्रणाली हटाएर स्वास्थ्य मापदण्ड अपनाएर सवारी साधान सञ्चालन गर्ने जिल्ला कोभिड संकट व्यवस्थापन समितिले निर्णय गरेको छ । त्यसैगरी, दैनिक उपभोग्य वस्तु तथा खाद्य पसलसहित अन्य व्यापार व्यवसायका पसल दैनिक दिउँसो ३ बजेसम्म खुल्दै आएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ