२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा निषेधाज्ञा थप एकसाता लम्बियो

जुम्लामा निषेधाज्ञा थप एकसाता लम्बियो


जुम्ला – जुम्लामा पुनः साताव्यापी निषेधाज्ञा थप गरिएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा कमी नआएपछि सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले पुनः सात दिन निषेधाज्ञा थप गरेको हो ।

यसअघिको निषेधाज्ञा २८ असार लागु भएको थियो । थप निषेधाज्ञा पुनः ४ साउनसम्म निषेधाज्ञा जारी रहनेछ ।

सबै प्रकारका सभा सम्मेलन, तालिम, सेमिनार, गोष्ठी तथा मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न गराउन, अत्यावश्यक कामबाहेक बाहिर हिडडुल भिडभाड गर्न, शैक्षिक संस्था खोल्नजस्ता कार्य निषेधाज्ञामा गर्न नपाइने जारी सूचनामा उल्लेख छ ।

त्यस्तै, निषेधाज्ञामा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर औषधी पसल, तरकारी तथा खाद्य पसललगायत दैनिक उपभोग्य बस्तु विक्री वितरण गर्नका लागि बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले बताए ।

एकैदिन ४८ जना कोभिड-१९ संक्रमणमुक्त

जुम्लामा एकैदिन ४८ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । कोभिड–१९ संक्रमितको संख्या यहाँ १ हजार ६४ पुगेको छ ।

८ सय २९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ११ जना उपचाररत रहेको जिल्ला प्रशाासन कार्यालय जुम्लाले जनाएको छ ।

वैशाख यता जुम्लामा कोभिड-१९ संक्रमणका कारण जुम्लाका ७ जना र जिल्ला बाहिरका ४ जनाको मृत्यु भएको जिल्ला प्रकाशन कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ