२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकम्युनिष्ट नेता अमरसिंहको कोभिडका कारण निधन

कम्युनिष्ट नेता अमरसिंहको कोभिडका कारण निधन


जुम्ला – जुम्लाका कम्यूनिष्ट नेता अमरसिंह बुढ्थापाको कोभिड-१९ संक्रमणका कारण निधन भएको छ । कोभिडले बिरामी परेका बुढ्थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारको क्रममा साउन २० गते निधन भएको हो ।

उनीसहित जुम्लाका संक्रमणका कारण मृत्युको संख्या १० पुगेको छ । ६४ वर्षको उमेरमा बुढ्थापाको संक्रमणका कारण निधन भएको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजिव शाहले जानकारी दिए ।

वि.सं. २०३६ सालमा सरकारी नोकारीमा कालिकोट गएका बुढ्थापा जनमत संग्रहमा पञ्चायतको विपक्षमा प्रचार गर्दै जुम्ला आएर नेमकिपाको पूर्णकालिन राजनीतिमा लागेका थिए । नेपाल मजदुर किसान पार्टी जुम्लाको सस्थापक सदस्य मध्येका एक बुढ्थापा पनि रहेको नेताहरु बताएका छन् ।

पञ्चायतका विरुद्ध आन्दोलन गरेर जुम्लामा वर्षौं जेल भोगेको बुढ्थापाले भने लाभको पद लिन पाएनन् । बहुदलको पक्षमा आन्दोलन गर्दा तत्कालिन राज्यले यातना सहित ज्यान लिने समेत प्रयास गरेको नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य पूर्णप्रसाद धितालले बताए ।

उनका अनुसार बुढ्थापाले त्यहाँबाट पनि बचेर सक्रिय राजनीतिमा लागेका थिए । नेता बुढ्थापाको नेपाली सेनाले अन्त्यष्टी गरेको छ ।  संक्रमणका बिरामीलाई गरिने दाहासंस्कार अनुसार अन्त्यष्टी गरिएको मेजर दिनेश न्यौपानेले जानकारी दिए । जिल्लाको सुशासन भ्रष्टाचारका विषयमा आवाज उठाईरहने नेता बुढ्थापाको कम्यूनिष्ट आन्दोलन र योगदान रहेको छ ।

जुम्लामा सक्रिय संक्रमित २२६ जना

जुम्लामा कोभिड संक्रमण दर बढ्दो अवस्थामा रहेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या २२६ जना रहेको छ । यस्तै, यहाँको कोरोना संक्रमतिको संख्या १ हजार ३ सय २३ पुगेको छ ।

संक्रमणमुक्त हुनेको संख्या १ हजार ८३ रहेको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको कोभिड अस्पतालमा २४ जना उपचारतार्थ रहेका छन् भने २०२ जना होम आइसोलेसनमा रहेका छन् ।

कोभिडका कारण जुम्ला १० जना र जिल्ला बाहिरका जुम्ला अस्पतालमा उपचारका क्रममा ४ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ