२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतमा मास्क नलगाएर हिड्नेलाई एकसय रुपैयाँ जरिवाना

सुर्खेतमा मास्क नलगाएर हिड्नेलाई एकसय रुपैयाँ जरिवाना


सुर्खेत – तीन दिन देखि सुर्खेतमा ‘तपाईको मास्क खोई अभियान’ चलिरहेको छ । जिल्ला प्रशासन कार्यालयले अब अटेरी गर्नेलाई कारबाही गर्ने भएको छ ।

मास्क लगाउनुपर्छ भन्ने जानकारी हुँदाहुँदै पनि मास्क प्रयोग नगर्ने व्यक्तिलाई एकसय रुपैयाँ जरिवाना तिराउने प्रशासनले जनाएको हो ।

‘मास्क प्रयोग गर्नुपर्छ भन्ने सबै नागरिकलाई थाहा छ, तर जान्दाजान्दै अटेरी गरी मास्क नलगाई घरबाहिर निस्कनेलाई एकसय रुपैयाँ जरिवाना तिराउने छौँ,’ प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले भने।

गल्ती दोहोरिए संक्रामक रोग ऐनअनुसार थप कारबाही गर्ने उनको भनाई छ । संक्रमण बढ्न थालेपछि जनचेतना फैलाउने कार्यलाई तीव्र पारिएको हो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले मुख्य–मुख्य चोकमा पुगेर माइकिङ गर्ने, मास्क बाड्ने कार्यलाई तिव्रता दिएको छ । तर, सर्वसाधारणले अटेरी गर्न छोडका छैनन्।

कोभिड संक्रमण बढेर फेरि लकडाउन गर्नुभन्दा जसरी भए पनि मास्क प्रयोग अनिवार्य गर्ने तर्फ जोड दिएको प्रमुख जिल्ला अधिकारी रिजालको भनाई छ । बुधबारदेखि बढ़ी भीड हुने क्षेत्रहरुमा माइकिङ र मास्क वितरण गरेर जनचेतना फैलाइएको छ ।

यसअघि जनचेतनामूलक कार्यक्रम गरिसकेका स्थानमा माक्स नलगाउनेलाई कारवाही गरिने जिल्ला प्रसाशन कार्यालय सुर्खेतले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ