२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशस्वास्थ्य सेवा व्यवस्थापन संघ गठन

स्वास्थ्य सेवा व्यवस्थापन संघ गठन


जुम्ला—स्वास्थ्य सेवा व्यवस्थापन संघ गठन भएको छ । स्वास्थ्य सेवा व्यवस्थापकहरुले ललितपुर जिल्ला प्रशासन कार्यालयमा ‘नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघ’ दर्ता गराएका हुन् ।

प्राध्यापक कविता खनालको अध्यक्षतामा ९ सदस्सीय तदर्थ समिति बनाइएको चन्दननाथ नगरापलिका–१ आचार्य गाउँका घर भएर काठमाडौंमा स्वास्थ्य सेवा व्यवस्थापन विषय अध्ययनरत पंकज आचार्यले टेलिफोनमार्फत बताए । उनले भने, ‘संघको उपाध्यक्षमा उत्तम राजकर्णिकर, कोषाध्यक्षमा सजना कुँवर र सचिवमा मनिस दवाडी रहेका छन् ।’

यस्तै, कार्य समिति सदस्यहरुमा विकास अधिकारी, धिरज मैनाली, ऋषिप्रसाद सापकोटा, सन्ध्या कार्की र आशिष कुँवर छन् ।
स्वास्थ्य सेवा व्यवस्थापकको हकहितमा निरन्तर लाग्ने उद्देश्यका साथ संघ स्थापना गरिएको अध्यक्ष खनालले बताइन् ।

‘अबको ६ महिनाभित्रमा अधिवेशन गर्छौं,’ खनालले भनिन्, ‘अब बिस्तारै सबै स्वास्थ्य सेवा व्यवस्थापकलाई समेट्दै जान्छौँ ।’ उनकाअनुसार स्वास्थ्य सेवा व्यवस्थापकहरुको हकहितको आवाज उठाउन संघ गठन गरिएको हो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ