२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला अब विशिष्ट अस्पताल

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला अब विशिष्ट अस्पताल


जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई विशिष्टकृत अस्पतालका रुपमा विकास गरिने भएको छ । नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा जुम्लामा रहेको प्रतिष्ठानलाई  विकास गरिने तयारी गरिएको हो ।

मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत रहेको नसर्ने तथा मानसिक रोग शाखाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै अरु सातवटा असपताललाई पनि चालु आर्थिक वर्षभित्र नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्न लागेको हो ।

महाशाखाले नसर्ने तथा मानसिक रोग प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले कर्णालीसँगै सातवटा अस्पतालमा नसर्ने रोगको विशिष्टकृत सेवा सुरु गर्न सरकारले चालु आर्थिक वर्षमा ६६ करोडको बजेट विनियोजन भएको जानकारी प्राप्त भएको बताए ।

 ‘सातवटा अस्पतालहरुमा कर्णालीसँगै कोशी अस्पताल, नारायणी अस्पताल वीरगञ्ज, भरतपुर अस्पताल चितवन, भेरी अस्पताल नेपालगञ्ज, सेती प्रादेशिक अस्पताल धनगढी र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन्,’उनले भने,’
यी अस्पतालहरुमा कार्डियोलोजी, क्यान्सर, सिओपिडी, मिर्गौला, मधुमेह लगायत नसर्ने रोगको उपचारका लागि विशेष व्यवस्था गरिने छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ