२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्ला अस्पताललाई साढे ७ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

जुम्ला अस्पताललाई साढे ७ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग


जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ७ लाख २८ हजार ५९ रुपियाँ बराबरको कोभिड -१९ प्रतिकार्यका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको छ । कारितास जर्मनी, कारितास नेपाल र पेस नेपाल जुम्लाले जिल्ला कोभिड संकट व्यवस्थापन समिति जुम्लामार्फत अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

संक्रमणको पहिलो दोस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि माथिल्लो कर्णाली (जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोट) जिल्लामा निकै प्रभावकारी भुमिका निर्वाह गर्दै आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

अक्सिजन सिलिण्डर २७ वटा, फेससिट ५ सय, सर्जिकल मास्क ६ हजार, ग्लोब्स १ सय पिस, पिपिई १ सय पिस, स्यानिटाइजर ५ सय मिलिमिटरको ५० वटा, भिटिएम किट १ सय लगायत ७ लाख २८ हजार ५९ रुपैयाँ बराबरको १० प्रकारका कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानेले बताए ।

प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले भनिन् मानव जातीको सवै भन्दा महत्वपूर्ण स्वास्थ्य नै हो । स्वास्थ्यलाई बचाउनु पर्दछ । यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुको विकल्प छैन । अनिवार्य रुपमा मास्क, स्यानिटाइजर जस्ता स्वास्थ्य सामग्री प्रयोग गर्नुपर्ने उनले बताइन् ।

जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख बुढाले पछिल्लो समय कोरोना संक्रमण नभएजस्तो नागरिक बिनामास्क हिँडिरहेको बताए । तर, दिनप्रतिदिन संक्रमणका कारण मान्छे मरिरहेकाले सचेत हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ