२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदुई महिनादेखि मुगु आँखा उपचार केन्द्रमा औषधी अभाव

दुई महिनादेखि मुगु आँखा उपचार केन्द्रमा औषधी अभाव


जुम्ला – मुगुको सदरमुकाम गमगढी बजारमा रहेको जिल्ला आँखा उपचार केन्द्रमा औषधी र चश्माको अभाव भएको छ । विगत दुई महिनादेखि उपचार केन्द्रमा औषधी र चश्माको अभाव भएको हो ।

औषधी अभाव हुँदा बिरामी बजारका निजी मेडिकलमा चर्को मुल्य हालेर औषधी उपभोग गर्न बाध्य भएका छन् । विगत दुई महिनादेखि औषधी, चस्मा लगायत अन्य सामग्रीहरु जिल्लामा अभाव हुँदा आँखा उपचार लगायत अन्य नाक कानको उपचारमा पनि प्रभावित भएको हो ।

यस्तो समस्यालाई पुर्ति गर्न जिल्ला आँखा उपचार केन्द्र मुगुले हिमालय आँखा अस्पताल पोखरालाई आवश्यक औषधी र चस्मा माग गरेको छ । दुई महिना बितिसक्दा पनि हालसम्म अस्पतालले औषधि अभावको मागलाई सम्बोधन नगरेको जिल्ला आँखा उपचार केन्द्र मुगुका ईन्चार्ज धुव्र बुढ्थापाले बताए ।

उनका अनुसार आँखा उपचार केन्द्रमा औषधि अभाव भएको छ । बिरामीहरु दिन प्रतिदिन बढ्दो क्रममा रहेका छन् । औषधि छैन । चस्मा पनि छैन बिरामी रित्तै घर फर्कने गरेको उनको भनाइ छ ।

विगतका दिनहरुमा सेवाग्राही सहजै रुपमा सेवा पाउन्थे । उपचार पनि भने जतिकै हुन्थ्यो । तर दुई महिनादेखि उपचार केन्द्रमा औषधि, चस्मा अभाव हुँदा उपचारमा प्रयोग हुने उपकरणहरु पनि प्रयोगविहीन बनेका छन् । जिल्लामा औषधी अभाव सुरु भएपछि छिटो उपलब्ध गराउन कार्यालयले आग्रह गरेको छ ।

पछिल्लो समय आँखा उपचार केन्द्रमा मुगुका मात्र नभइ छिमेकी जिल्ला जुम्ला, हुम्ला जिल्ला सिमा क्षेत्रका नागरिक पनि सेवा लिन आउने गरेका छन् ।

उनीहरु दुई तिन दिनको पैदल यात्रा गरेर मुगुमा सेवा लिन आउँछन । तर, पाउनु पर्ने सेवा पाउदैनन् । समस्या र बिरामी भएर आएका उनीहरु उपचार नपाइ फर्किदा निराश हुने गरेको पनि कार्यालयले जानकारी दिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ