२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्ला अस्पतालका निर्देशक डा. राजिव शाह जनसेवा पदकबाट विभुषित

जुम्ला अस्पतालका निर्देशक डा. राजिव शाह जनसेवा पदकबाट विभुषित


जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक तथा स्त्रीरोग विशषज्ञ डाक्टर राजिव शाह विभुषित भएका छन् । दुर्गम कर्णालीमा आएर करिब एक दशकदेखि निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेका डा.शाहलाई संविधान दिवसका अबसरमा सुप्रवल जनसेवाश्री जनसेवक पदकबाट विभुषित गरिएको हो ।

दुर्गम कर्णालीमा आएर दुरदराजमा स्वास्थ्य सेवा प्रवाह गरेको र गाउँगाउँमा निशुल्क स्वास्थ्य सेवामा पुराएको योगदानको कदर गर्दै सरकारले डा.शाहलाई विभुषित गरेको हो ।

डा.शाह जुम्लामा आएर सेवा प्रवाह गर्न लागेको करिब ६ वर्ष बढी भईसकेको छ । कर्णाली प्रतिष्ठानसंग आबद्द भएको करिब ९ वर्ष भईसकेको डा.शाहले बताए । उनले कर्णालीका १० वटै जिल्लामा आफ्नो अगुवाई निशुल्क पाठेघर सम्बन्धी शिविर समेत संचालन गरिएको बताए ।

कार्यबोझका कारण पाठेघर खस्ने,पाठेघर क्यान्सर जस्ता समस्याबाट ग्रसित कर्णालीमा हुम्ला, डोल्पा मुगु लगायतका १० वटै जिल्लाका ग्रामिण महिलाको राहतका लागि दुरदराजमा पुगेर निशुल्क शिविर समेत संचालन गरेका थिए ।

डा.शाह भन्छन, ‘कर्णाली प्रतिष्ठान भर्खर स्थापना हुदा खेरी हरेक किसिमका अभाव थिए । कर्णाली भन्ने बित्तिकै धेरै मान्छे आउन चाहानन् । तर, म कर्णालीमा सेवा गर्नुपर्छ । स्वास्थ्यमा योगदान दिनुपर्छ भनेर आएको हु । यहाँका दुरदराज बस्तीमा सेवा गर्न पाउँदा खुसी छु ।’

सरकारले गरेको विभुषित प्रति धन्यबाद दिदै पदकले कर्णालीको स्वास्थ्य क्षेत्रमा योगदान गर्न थप हौसला मिलेको उनको भनाई छ । सप्तरी जिल्ला स्थायी घर भएका डा. शाह उपचारमा विरामीलाई नम्र व्यवहार गर्ने र परामर्श दिने चिकित्सक मध्यका एक हुन् ।

हाल कर्णाली प्रतिष्ठान जुम्लामा अस्पताल निर्देशकका रुपमा समेत काम गरिरहेका छन् । साथै, चन्दननाथ नगरपालिका जुम्लाकी नगरप्रमुख कान्तिका सेजुवाल पनि जनसेवा पदकबाट विभुषित भएकी छन् । नेपालभर संविधान दिवशका अबसरमा विभिन्न क्षेत्रका ९०३ जनालाइ विभुषित गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ