२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोभिड प्रभावित विपन्न परिवारलाई राहत वितरण

कोभिड प्रभावित विपन्न परिवारलाई राहत वितरण


जुम्ला – चन्दननाथ नगरपालिका भित्रका कोभिड प्रभावित विपन्न घरपरिवारलाई राहत वितरण गरिएको छ । वडापालिकाको सिफारिसमा कारितास जर्मनी, कारीतास नेपाल, पेस नेपाल जुम्लाको सहयोग र चन्दननाथ नगरपालिकाको समन्वयमा नेपालमा कोरोना भाइरस प्रतिकार्य परियोजना अन्र्तगत कोभिड प्रभावित विपन्न घरपरिवारलाई राहत वितरण गरिएको हो ।

चामल ३० केजी, दाल साढे दुई केजी, तेल दुई लिटर, चिनी एक केजी, नुन एक केजी प्रति विपन्न घरपरिवारलाई वितरण गरिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हरिचन्द्र शर्माले बताए ।

‘नगरपालिकाका ४, ५ र १ वडाका ३० घर परिवारलाई वितरण गरेका छौँ । कोभिड प्रभावित घरपरिवार सहयोग होस् भन्ने उद्देश्यका साथ राहत वितरण गरिएको हो,’उनले भने, ‘उत्पादनशील जमीन जग्गा नभएका, काम गरी खान नसक्ने विपन्न घरपरिवारलाई राहतको निकै आवश्यकता परेका बेला राहत स्वरुप दैनिक उपभोग्य खाद्य सामग्री प्राप्त गर्दा निकै खुशी भएका छन् ।’

कोभिड माहामारीले प्रभावित भएका घरपरिवारलाई अहिले सरकारी तथा गैसरकारी तवरबाट सहयोग भएको नगरप्रमुख कान्तिका सेजुवालले बताइन । उनले भनिन्, ‘कोरोना संक्रमणले लामो समयसम्म नेपालमा बन्दाबन्दी हुदा काम गरी खाने विपन्न वर्ग निकै मारमा परेको बेला सहयोगी दाताहरुले हातमुख जोड्न सहयोग गर्नु यो सुखद् पक्ष हो ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ