२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोभिड-१९ महामारी व्यवस्थापनमा कनकासुन्दरी उत्कृष्ट

कोभिड-१९ महामारी व्यवस्थापनमा कनकासुन्दरी उत्कृष्ट


जुम्ला – कोभिड-१९ महामारी व्यवस्थापनमा जुम्लाको कनक सुन्दरी गाउँपालिकाले उत्कृष्ट सम्मान प्राप्त गरेको छ । यहाँको ८ स्थानीय तहमध्ये महामारी व्यवस्थापनमा उत्कृष्ट भएको हो।

स्थानीय तहका स्वास्थ्य शाखाको वार्षिक समीक्षा कार्यक्रममा कनक सुन्दरी गाउँपालिकालाई कोरोना महामारी व्यवस्थापनमा उत्कृष्ट घोषणा गरी सम्मान पत्र प्रदान गरिएको जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताए ।

समीक्षामा वर्ष भरी गरिएका स्वास्थ्य क्षेत्रको कामको प्रगति, समस्या र चुनौतीका विषयमा छलफल उनले बताए । उनले भने, ‘संक्रमण व्यवस्थापनमा कनकासुन्दरी गाउँपालिकाले संक्रमण परीक्षणदेखि खोप सञ्चालन, क्वारेन्टाइन लगायत विषय बस्तु चुस्तदुरुस्त काम गर्न सहज भएको थियो ।

समीक्षामा यो वर्ष कोरोना भाइरस रोकथाममा स्थानीय तहमा भएका काम र स्वास्थ्य सूचकहरूको आधारमा पालिकालाई पुरस्कृत गरिएको छ । यस पटक कोभिड प्रतिकार्य व्यवस्थापनमा सबैभन्दा उत्कृष्ट काम गरेको भन्दै कनकासुन्दरी गाउँपालिका सम्मानित भएको हो ।

यसैगरी हिमा गाउँपालिका प्रतिवेदन र व्यवस्थापनमा उत्कृष्ट पालिका भएको छ । हिमा  गाउँपालिका स्वास्थ्य क्षेत्रको प्रतिवेदनमा प्रथम भएको स्वास्थ्य संयोजक रतनबहादुर रावतले जानकारी दिए ।

जिल्लाभर कोभिडको महामारीमा सबै स्थानीय तहले राम्रो काम गरेका र ती मध्ये पनि केही मात्रै बढी राम्रो गर्ने स्थानीय तह मध्ये कोभिड प्रतिकार्य व्यवस्थापनमा कनक सुन्दरी र प्रतिवेदनमा हिमा गाउँपालिका प्रथम भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

यस्तै, तिल गाउँपालिका र तातोपानी गाउँपालिकालाई पनि सम्मान गरिएको छ । समीक्षामा स्थानीय तहका प्रमुख मध्ये ज्येष्ठ सदस्य गुठी चौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीबाट सम्मान सहित भित्तेघडीले पुरस्कृत गरिएको जनाएको छ ।

समीक्षामा गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले भने विभिन्न चुनौतीका बाबजुद कोभिड महामारीमा स्थानीय तहले गरेको काम भुल्नै नहुने भन्दै यसमा उत्कृष्ट काम गर्ने पालिका र अन्य सबैलाई धन्यवादका पात्र हुन् । समीक्षाको सहजीकरण तथा सहयोग स्वास्थ्यको सक्षम प्रणाली र एमडिआई नेपालले समेत गरेको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ