२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपाँच महिनामा आयुर्वेद केन्द्रको पुँजीगत खर्च शून्य, औषधी अभाव

पाँच महिनामा आयुर्वेद केन्द्रको पुँजीगत खर्च शून्य, औषधी अभाव


जुम्ला – सरकारी कार्यालयको कामकाज चालु आर्थिक वर्षको साउन महिनादेखि नै सुरु हुन्छ। तर, जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्रको पाँच महिनासम्म पुँजीगत खर्च शून्य रहेको छ ।

पाँच महिनाको तलब सेवासविधाबाहेक अन्य पुँजीगत खर्चको काम केही पनि हुन सकेको छैन् । कार्यालय प्रमुख देवेन्द्र ठाकुर दशैंमा घर गएर दुई महिना विना जानकारी बाहिर बसेपछि काम-काज प्रभावित भएको हो ।

कार्यालय प्रमुख देवेन्द्र ठाकुर दशैँपछि पुस महिनाको पहिलो सातामा फर्किएपछि काम-काज प्रभावित भएको स्वास्थ्य केन्द्रका कर्मचारी बताउछन् । कार्यालय प्रमुखले अन्य कर्मचारीलाई जिम्मेवारी पनि नदिने आफु पनि काम गर्ने समस्याले आयूर्वेद स्वास्थ्य केन्द्र जुम्ला समस्यामा पर्न लागेको चिन्ता अहिले बढेको छ ।

कार्यालय प्रमुख ठाकुर भने पुस १ गतेबाट जुम्लामा हाजिर भएका छन् । तर, पाँच महिना कटिसक्दा कार्यालयको पुँजीगत काम मर्मत सम्भार, डिपिआर निर्माण, औषधी खरिद, नागरिक आरोग्य केन्द्र स्थापनाका काम हुन सकेका छैनन् । दशैंपछि घर गएका प्रमुख ठाकुर दुई महिनासम्म बेखबर भएका थिए ।

आयूर्वेद स्वास्थ्य केन्द्र वोहोरागाउँका अन्य कर्मचारीलाई कामको जिम्मेवारी पनि नदिएपछि काम केही पनि नभएको हो । कार्यालय प्रमुख ठाकुरले आफु बिरामी भएर घर बसेको बताउछन् । उनले निमित्तको जिम्मेवारी कर्मचारी गोरबहादर रावतलाई दिएको बताए । तर, कर्मचारी गोरबहादुर रावतले कार्यालय प्रमुख ठाकुरले कुनै पनि जिम्मेवारी नदिएको र जिम्मेवारी नदिएकै कारण अहिलेसम्म काम प्रभावित भएको जानकारी दिए ।

उनले भने, ‘अहिलेसम्म कसैलाई पनि निमित्त नदिंदा सबै काम प्रभावित भएको हो ।’ जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्रमा सेवाग्राही भने धेरै आउछन् । दैनिक १० देखि १५ जना सेवाग्राही आउछन् । तर, औषधी अभावले समस्या बढेको छ । खातामा पैसा छ तर औषधी खरिद गर्ने काम अघि नबढाएपछि सेवाग्राही औषधी लिनबाट समेत बञ्चित भएका छन् ।

कार्यालय प्रमुख ठाकुरको गत आर्थिक वर्षमा पनि कामकै सिलसिलामा झगडा हुँदा स्थानीय प्रशासनमा कर्मचारीहरु पुगेका थिए । सबै पेस्की आफ्नो नाममा लिने तर काम पनि नगर्ने, करार कर्मचारीको जागिर खान्छु भनेर धम्की दिने भएकाले कार्यालय प्रमुख र कर्मचारीको झगडा जिल्ला प्रशासनमा पुगेको थियो । तर, यो बर्ष भने पाँच महिना हाकिम नभएको खबर पाएपछि स्थानीय प्रशासनले छड्के गरेर हाजिरमा रातो लगाएको छ ।

दुई लाख बेरुजु

गतवर्ष आयूर्वेद स्वास्थ्य केन्द्र जनस्वास्थ्य कार्यालयसँग गाभिएको थियो । अहिले छुट्टै संरचना बनेको छ । गतबर्षकै करिब दुई लाख प्रमुख ठाँकुरको नाममा बेरुजु रहेको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

कार्यालय प्रमुख कृष्ण सापकोटाका अनुसार ठाकुरको नाममा दुई लाखको वेरुजु जडिवुडि खरिद नगरेको देखिएको छ । उनले यसका लागि छानविन समिति गठन गरिएको थियो । समितिको निस्कर्ष विरुवा खरिद नगरेकाले वेरुजु राखि दिएको थियो ।

ठाँकुरको काम प्रति कर्णाली सरकार पनि असन्तुष्ट छ । कर्णाली प्रदेश सरकार सामाजिक मन्त्रालय अन्तरगत चिकित्सा शाखा प्रमुख लक्ष्मी नारायाण तिवारीका अनुसार कार्यालय प्रमुख देवेन्द्र ठाँकुरको काम सन्तोषजनक नभएको बताए । उनले समस्या सामाधानका लागि पहल भइरहेको बताए ।

गतवर्ष १२ लाख फ्रिज

कार्यालय प्रमुख ठाकुरले मंसिर १ गतेबाट आफ्नो सरुवा भईसकेको बताउन्छन् । उनको आयूर्वेद स्वास्थ्य केन्द्र जाजरकोटमा कामकाज गर्न कर्णाली प्रदेश सामाजिक विकास कार्यालयले खटाएको छ । गत आर्थिक बर्षमा पनि काम गर्न नसकेर १२ लाख फ्रिज भएको बताईएको छ । सानो रकम त्यही पनि काम गर्न नसकिने कर्मचारीलाई कारवाही गर्ने मन्त्रालयले जनाएको छ । स्थानीय प्रशासनले कार्यालय प्रमुख ठाकरको काम कारवाही वारे छड्के अनुगमन गरि स्पष्टीकरण दिईएको निमित्त प्रमुख जिल्ला अधिकारी नन्दाराम चौलागाईले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ