२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाका १७ प्रतिशत बालबालिका खोपबाट वञ्चित

जुम्लाका १७ प्रतिशत बालबालिका खोपबाट वञ्चित


जुम्ला – जुम्लाका करिब १७ प्रतिशत बालबालिका विभिन्न खोपबाट बञ्चित भएका छन् । खोपको पहुँचमा ल्याउन नसक्दा यहाँका ८ वटै स्थानीय तहका १७ प्रतिशत बालबालिका खोपबाट बञ्चित भएका हुन् ।

यहाँका ८३ दशमलव १ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाएको हालै यूनिसेफले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका भित्रका ७५ दशमलव २ प्रतिशत बालबालिका पूर्ण खोपको पहुँचमा पुगेका छन् । जिल्ला भरका ८३ दशमलब १ प्रतिशत बालबालिका पूर्ण खोपको पहुँचमा पुग्दा चन्दननाथका ७५ दशमलब २ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाएका हुन् ।

राष्ट्रिय खोप ऐन २०७२ ले दिएको अधिकारलाई सदुपयोग गरी सबै बालबालिकालाई खोप सुनिश्चित गर्ने जरुरी रहेको छ । खोपबाट वञ्चित हुन नदिनका लागि स्थानीय सरकारदेखि सबै निकायको महत्त्वपूर्ण भूमिका रहेको युनिसेफ नेपालले जनाएको छ ।

राष्ट्रिय खोप निर्देशनालयका प्राविधिक सहायक कन्चन थापाले नेपाललाई पूर्ण खोप घोषणा गर्ने अभियान अन्तर्गत सबै नागरिकलाई खोपको पहुँचमा ल्याउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए । तथ्याङ्क अनुसार अझै जुम्लाका करिब १७ प्रतिशत बालबालिका विभिन्न खोपबाट वञ्चित भएकोले छुटेका बालबालिकालाई खोपको पहुँचमा ल्याउन जुम्लाका आठै स्थानीय तह जुट्नु पर्ने उनले उल्लेख गरे ।

आफ्ना बालबालिकालाई कुनै पनि खोप नछुटाउन सार्वजनिक रुपमा अपिल गरेका छौँ जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाले भने अहिले जिल्लामा १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई कोरोना विरुद्धको खोप चलाई रहेका छौँ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ