२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसार्वजनिक सेवा प्राप्त गर्न खोप कोर्ड अनिवार्य

सार्वजनिक सेवा प्राप्त गर्न खोप कोर्ड अनिवार्य


जुम्ला – विश्वव्यापी रुपमा फैलिएको तेस्रो लहरको कारण संक्रमणबाट बच्न जिल्ला कोभिड – १९ संकट व्यवस्थापन समितिले अपिल गरेको छ । २७ पुसमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले अपिल गरेको हो ।

सार्वजनिक सेवा प्राप्त गर्नका लागि अनिवार्य कोभिड-१९ विरुद्धको खोप लगाएको कार्ड हुने पर्ने व्यवस्था गरिएको छ । सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थिति हुने प्रशासनिक र सामाजिक कार्यक्रम नगर्न कोभिड संकट व्यवस्थापन समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजय कुमारी प्रसाइले बताइन् ।

यस्तै, अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने, सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्ने निर्णय गरिएको छ । ७ माघदेखि लागु हुने गरी सार्वजनिक स्थल कार्यालय, होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायत र बैंक तथा वित्तिय संस्थामा प्रवेश गर्दा अनिवार्य कोभिड विरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।

कोभिड विरुद्धको स्वास्थ्य सुरक्षा र मापदण्ड पालन नगर्नेलाई कोभिड व्यवस्थापन आध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारवाही गरिने स्थानीय प्रशासनले जनाएको छ ।

संक्रमणको दोस्रो लहरमा २३ जनाको मृत्यु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ०७७ वैशाख २० गतेदेखि कोभिड परीक्षण ल्याव सञ्चालनमा आएको हो । संक्रमणको पहिलो लहरमा ११ हजार ६ सय ६३ जनाको कोभिड परीक्षण भएको छ । यसमध्ये ४ सय ६३ जना नागरिकमा संक्रमण देखिएको थियो । दोस्रो लहरको संक्रमण जुम्लामा ०७८ वैशाखदेखि संक्रमण देखिएको हो ।

३ हजार ८ सय २१ जनाको पिसिआर परीक्षणमध्ये १ हजार २ सय २४ संक्रमण देखिएको थियो। भने, ३ हजार ८ सय २ जनाको एन्टीजोन परीक्षणमध्ये ४ सय ५६ जना संक्रमित भएको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए । जम्मा १ हजार ६ सय ८० जना संक्रमितमध्ये २३ जनाको संक्रमणका कारण मृत्यु भएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ ।

जिल्लामा ५० हजार ९ सय ८५ जनाले पहिलो डोज कोभिडविरुद्धको खोप लगाएका छन्। पूर्ण डोज खोप लगाएका ३३ हजार ६ सय ४५ जना रहेको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ