२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशनागरिकलाई सेवा दिन वडाध्यक्षले किने एम्बुलेन्स

नागरिकलाई सेवा दिन वडाध्यक्षले किने एम्बुलेन्स


जुम्ला – कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका– ५ का वडाध्यक्ष नरेश बमले आफूले चार वर्षसम्म पाएको सरकारी सेवासुविधाको रकमले एम्बुलेन्स खरिद गरेका छन् । जिल्लाका बिरामीलाई सेवा दिनका लागि आफ्नो सेवासुविधाको रकमबाट एम्बुलेन्स खरिद गरेको वडाध्यक्ष बमले बताए ।

गत ०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बमले आफ्नो पाँचवर्षे कार्यकालमा सरकारले दिएको सेवासुविधा बापतको रकम जनतालाई नै फिर्ता गरेको बताए । ‘मैले निर्वाचन जित्दा नै सरकारी सेवासुविधा जनताका लागि प्रयोग गर्ने योजना बनाएको थिएँ,’ उनले भने, ‘त्यो पाएको सेवासुविधाको रकमबाट एम्बुलेन्स खरिद गरेर जनतालाई दिएको छु ।’

जनताको जनजीवनसँग जोडिएको मानव स्वास्थ्यलाई मध्यनजर गरेर सेवा दिने उद्देश्यले आफ्नो पाँच वर्षको पारिश्रमिकले एम्बुलेन्स खरिद गरेको अध्यक्ष बमले जानकारी दिए ।

‘अब उक्त एम्बुलेन्सले जिल्लाभरिको बिरामीलाई आवश्यकताअनुसार सेवा दिनेछ,’ उनले भने, ‘एम्बुलेन्सले एकल महिला, अति गरिब, वृद्धवृद्धाहरुलाई निःशुल्क सेवा दिने लक्ष्य राखेका छौँ ।’आफ्नो सेवासुविधाबाट खरिद गरिएको एम्बुलेन्स कर्णाली सेवा समाजद्वारा सञ्चालन हुने अध्यक्ष बमले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ