२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश अस्पतालका ५०भन्दा बढी कर्मचारी संक्रमित, सेवा प्रभावित

कर्णाली प्रदेश अस्पतालका ५०भन्दा बढी कर्मचारी संक्रमित, सेवा प्रभावित


जुम्ला – कर्णाली प्रदेशमा सबैभन्दा दुई ठुला अस्पताल छन् । प्रदेश राजधानी सुर्खेतमा प्रदेश अस्पताल रहेको छ भने कर्णाली प्रदेशको जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल रहेको छ । अघिल्ला पहिलो र दोस्रो लहरका कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण यी दुई अस्पताल निकै राम्रो भुमिका निर्वाह गरेको पाइन्छ ।

अहिले संक्रमणको तेस्रो लहरको सुरुमै प्रदेश अस्पतालका ५० बढी कर्मचारीमा कोभिड-१९ संक्रमण देखिएको छ। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अस्पताल निर्देशकदेखि स्वास्थ्यकर्मी र कर्मचारी गरी १५ जनालाई संक्रमण देखिएको छ ।
प्रदेश अस्पताल निर्देशक डा. डम्बर खड्काले कोरोना संक्रमणको तेस्रो लहर नियन्त्रण तथा रोकथामका लागि पूर्व तयारी तीव्र पारिएको जानकारी दिए । उनले भने, ‘हाम्रो १३९ बेडको कोभिड अस्पताल सञ्चालनमा छ । आईसीयू बेडहरुमा पनि अभाव नहुने तरिकाले व्यवस्थापन गरिएको छ ।’

खड्काका अनुसार प्रदेश अस्पतालका ५० बढी कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । अस्पतालका कार्यालय सहयोगी, नर्सिङ, अप्रेसन थिएटरका कर्मचारीमा कोरोना संक्रमण देखिएको उनले बताए । निर्देशक खड्का प्रदेश अस्पतालमा दरबन्दी अनुसार कर्मचारी अभाव भएको बताउँछन् । उनी भन्छन, ‘हामीले सामाजिक विकास मन्त्रालयसँग कर्मचारी माग गरिरहेका छौं । मन्त्रालयले पनि त्यसको तयारी थालिसकेको छ ।

अन्य औषधी, सामग्री, बिरामीलाई खानाको व्यवस्थापन लगायतका विषयमा पनि प्रदेश सरकारसँग रकम माग गरेका छौं ।’

अब स्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गरेर सबैको सहकार्यमा कोरोना रोकथाम तथा नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । ‘सबैभन्दा पहिला त व्यक्ति आफू सचेत हुन जरुरी छ । अनुशासित हुनुप¥यो । तर, यतातिर कमै मात्रामा मान्छे जिम्मेवार देखिन्छ,’ उनले भने, ‘त्यतिकै बजारमा घुमघाम गरिरहेको पनि देखिन्छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ