२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्रान्कोस्कोपी सेवा सुरू

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्रान्कोस्कोपी सेवा सुरू


काठमाडौं—जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्रोन्कोस्कोपी सेवा सुरु भएको छ । सोमबारबाट पश्चिम नेपालकी एक्ली छाती रोग विशेषज्ञ डा. अनुस्मृती पालको टिमले प्रतिष्ठानमा ब्रोन्कोस्कोपी सेवा सुरु गरेको हो ।

‘मेसिन त केही दिन पहिले नै आएको हो,’ डा. पालले भनिन्, ‘हामीले आजबाट यो सेवा सुरु गरेका छौं ।’

यसले कर्णाली क्षेत्रका शंकास्पद क्षयरोग, फोक्सोको क्यान्सर, खकारमा रगत बग्ने, दीर्घ खोकीलगायतका बिरामीरको उपचारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

‘कर्णालीका शंकास्पद क्षयरोग, फोक्सोको क्यान्सर, फोक्सो सुकेको, खकारमा रगत देखिने, मुखबाट रगत बग्ने, दीर्घ खोकीलगायतको समयमै निदानका लागि सहयोगी हुने ,’ डा. पालले भनिन् ।

यो सेवाका लागि बिरामीहरु कि नेपालगन्ज कि त चिवतन धाउनुपर्ने बाध्यता रहेको चिकित्सकहरु बताउँछन् । कर्णालीमा सेवा सुरु भएपछि त्यस क्षेत्रका मानिसहरुलाई उपचार गर्न सहज हुनेछ । डा. पाल सन् २०१५ देखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यरत छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ