२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदक्ष प्रसुति स्वास्थ्यकर्मी उत्पादन गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

दक्ष प्रसुति स्वास्थ्यकर्मी उत्पादन गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान


जुम्ला–कर्णाली प्रदेशका ग्रामीण क्षेत्रमा पछिल्लो समयमा स्थानीयस्तरमा गर्भवती महिलालाई सुरक्षित प्रसुति तथा सुत्केरी गर्नका लागि वर्थिङ सेन्टर स्थापना गरिएका छन् । तीनै वर्थिङ सेन्टरमा दक्ष प्रसुति स्वास्थ्यकर्मी एसबीए तालिम प्राप्त भएका जनशक्तिको आवश्यक पर्ने गर्दछ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले यस्तै दक्ष जनशक्ति उत्पादन गर्ने थलो बनेको छ । प्रतिष्ठानले नर्सिङ कर्मचारीका लागि ६० दिने दक्ष प्रसुतिकर्मी एसबीए तालिम प्रदान गरेर ६ जना दश जनशक्ति उत्पादन गरेको नर्सिङ प्रमुख सविना थापाले बताइन् ।

रुकुम पश्चिम आठबिस नगरपालिका—१ स्थित स्यालाखदी स्वास्थ्य चौकीबाट एक जना, त्रिवेणी गाउँपालिका अस्पताल, रुकुम पश्चिमबाट एकजना, सिम्ता गाउँपालिका सुर्खेत घोरेटे स्वास्थ्य चौकीबाट एक जना, प्राथमिक स्वास्थ्य केन्द्र सुर्खेतबाट एक जनासहित ६ जनालाई एसबीए तालिम दिइएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकी नर्सिङ प्रमुख थापाका अनुसार स्वास्थ्यकर्मीलाई स्थानीयस्तरमै रहेका स्वास्थ्य चौकी तथा वर्थिङ सेन्टरमा नर्मल सुत्केरी तथा प्रसुति गराउन सक्ने दक्ष बनाएर पठाइएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ