२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

जुम्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा


जुम्ला–जुम्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । बिहिबार यहाँका ८ वटै स्थानीय तहका सम्पूर्ण बालबालिकाले सबै खोप पाएपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेका हुन् । मुख्यमन्त्री शाहीले भने पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा हुनु नै जुम्ला स्वास्थ्य स्थितिमा उल्लेख्य सुधार भएको सन्देश भएको बताए । उनले विकासका लागि रहेक नागरिक सक्षम सबल र स्वास्थ्य हुन जरुरी रहेको बताए ।

‘नागरिक स्वास्थ नभई मुलुक स्वस्थ हुन सक्दैन् । जुम्ला जिल्ला शिक्षा स्वास्थ्य, रोजगार पूर्वाधार विकासले हिसाबले प्रदेशकै अग्रणी भुमिकामा रहेको छ । पूर्ण खोप सुनिश्चितता एक उदाहरण हो,’ उनले भने ।

कर्णाली प्रदेश सरकारका पूर्वाधार विशेष कार्यक्रमको छलफलका लागि जुम्ला पुगेका मुख्यमन्त्री शाहीले जुम्ला हरेक दृष्टिले विकसित हुँदै गएको बताए । जुम्लाको विकासका लागि कर्णाली प्रदेश सरकारले चालु आवको बजेटमा पहिलो प्रथामिकता दिएको समेत उनले बताए ।

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदम रोकायाले जुम्लाको कुनै समय सिटामोल नपाएर मृत्यु स्वीकार्ने जुम्ला पूर्ण खोप सुनिश्चितता घोषणा हुनु गौरवको कुरा भएको बताए ।

‘दुर्गम कर्णालीमा कुनै बेला खोप भनेको के हो ? कसरी लगाउँछन् भन्ने मानसिक परिस्थिति थियो । तर, अहिले सुगमका जिल्लाभन्दा पहिला दुर्गमका जिल्ला स्वास्थ्य शिक्षामा अब्बलता र अग्रसरता देखाइरहेको छ,’ जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले भने ।

जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकाका २ हजार ९ सय ७५ घरधुरीको सर्वेक्षणबाट २ हजार ९ सय ७५ जना नै पूर्ण खोपको पहुँचमा पुगेका छन् । खोपको लक्ष्य २ हजार ५ सय ३७ जना तोकिएको थियो । तर, लक्ष्यभन्दा ४ सय जना बढी खोपको पहुँचमा पुगेपछि जुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुन सफल भएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । उनका अनुसार जुम्लाका जन्मेदेखि एक वर्ष उम्मेर समुहका सम्पूर्ण बालबालिका अर्थात २ हजार ९ सय ७५ जनाले सम्पूर्ण खोप पाइसकेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ