२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमुगुको ताल्चा विमानस्थलमा विमान नआउदा रिफर बिरामीको मृत्यु

मुगुको ताल्चा विमानस्थलमा विमान नआउदा रिफर बिरामीको मृत्यु


जुम्ला—मुगुको ताल्चा विमानस्थलमा विमान नआउदा एक रिफर बिरामीको विमानस्थलमै मृत्यु भएको छ । शनिबार छायाँनाथ रारा नगपालिका–५ ढुम गाउँका ५५ वर्षीय लोकबहादुर रोकायाको विमानस्थलमै मृत्यु भएको हो ।

केही दिनअघि उनी लडेर घाँटीमा गम्भीर चोट लागेपछि जिल्ला अस्पतालमा भर्ना भएका थिए । अस्पतालले उपचार गर्न नसकेर शुक्रबार नेपालगञ्ज रिफर गरेपछि एयरपोर्ट पु¥याएका रोकायाको जहाज कुर्दाकुर्दै मृत्यु भएको हो ।

जहाज नआउँदा रोकायाको एयरपोर्टमै मृत्यु भएको रारा विमानस्थल प्रमुख रोमन भट्टराईले बताए । ताल्चा रारा विमानस्थलमा नेपालगञ्जदेखि जहाज उडान कम हुन थालेपछि बिरामीको अकालमा ज्यान जान थालेको छ ।

रोकायाको घाँटीको घाउ जटिल देखिएको अस्पतालमा उपचार असम्भव देखिएपछि नेपालगञ्ज रिफर गर्नुपर्ने अवस्था आएको जिल्ला स्वास्थ्य प्रमुख उमेश गौतमले बताए । जहाजको समस्याले उनको एयरपोर्टमा ज्यान गएको गौतमको भनाइ छ ।

पहिले एक दिनमा चार-पाँच फ्लाइट उडान हुने रारा विमानस्थलमा दसैं तिहारको समयमा कम जहाँज आउने कारणले बिरामी, सर्बसाधारले तल झर्ने यात्रुले सास्ती भोग्दै आएका छन् । यतिबेला दशै तिहार मानेर सुर्खेत, नेपालगन्ज काठमाडौं फर्किने विद्यार्थी र अन्य सर्वसाधारण विमानस्थलमा चाप बढेको छ ।

गत असोज अन्तिम साता आएको अविरल वर्षाका कारण कर्णाली राजमार्गमा पनि पुर्ण रुपमा सुचारु हुन नसक्नु र रारा विमानस्थलामा जहाज पनि समयमै नआउने कमै फ्लाइट आउने भएकाले मुगुका बिरामीले अकालमै ज्यान गुमाउनु परेको र सर्वसाधारणले सास्ती खेप्नु परेको हो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ