२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशउपचार नपाएरै ज्यान गुमाउँछन् कर्णालीका सुत्केरी महिला

उपचार नपाएरै ज्यान गुमाउँछन् कर्णालीका सुत्केरी महिला


जुम्ला—कर्णालीका हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा जिल्लाका ग्रामीण भेगका गभर्वती महिला अहिले पनि असुरक्षित रुपमा घरमै सुत्केरी हुन्छन् । जुम्लाको पातारासी गाउँपालिका—३ हुरीमहरी गाउँका गर्भवती महिला घरमै सुत्केरी हुने गरेका छन् ।

‘गाउँबाट प्रसुतिगृह निकै टाढा छ,’ स्थानीय मुनबहादुर रोकायाले भने, ‘बोकेरै लैजान गाह्रो छ । सुत्केरी अस्पता लैजान मोटर बाटो छैन । सवारी साधन छैनन् । यस्तै थुप्रै समस्याले घरमै असुरक्षित रुपमा गर्भवती महिला सुत्केरी हुन्छ ।’

यस्तै, गत असोजमा चार दिनदेखि छटपटाइरहेकी हुम्ला सर्केगाड गाउँपालिका–७ की २४ वर्षीया पवित्रा शाही छत्यालको अत्याधिक रतस्रावले मृत्यु भयो । गाउँ नजिकको स्वास्थ्य संस्थामा औषधोपचार हुन नसकेपछि उनले अकालकै ज्यान गुमाइन् ।

कात्तिक १५ गते अदानचुली गाउँपालिका–५ काँखे गाउँकी अर्की २० वर्षीया रंगीता शाहीले पनि अकालमै ज्यान गुमाइन् । सुत्केरी ब्यथा लागेको ६ घण्टासम्म उपचार नपाएपछि सुत्केरी हुन नसकेर उनको मृत्यु भएको थियो ।

गाउँमा औषधी नहुँदा र समयमै स्वास्थ्य संस्था पु¥याउन नसक्दा उनको मृत्यु भएको मृतकका आफन्त बलबहादुर शाहीले बताए । समयमा उपचार नपाउँदा जिल्लामा दुई महिनामा दुई सुत्केरीले ज्यान गुमाइसकेका छन् ।

सरकारले कर्णालीका दुर्गम क्षेत्रका लागि एयरलिफ्टिङ सेवा दिने व्यवस्था गरे पनि प्रभावकारी हुन सकेको छैन । निजी खर्चमा उपचार गराउनसमेत जहाजको टिकट पाउनै समस्या छ । हुम्लामा जिल्ला अस्पतालमै पनि औषधी अभाव छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ