२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यब्लड क्यान्सर पीडित बालिकाको उपचारमा आर्थिक अभाव

ब्लड क्यान्सर पीडित बालिकाको उपचारमा आर्थिक अभाव


सुर्खेत – ब्लड क्यान्सर पीडित बालिकाको उपचारमा आर्थिक अभाव भएको छ । सुर्खेत चौकुने गाउँपालिका–७ गुटुकी १३ वर्षीया स्मृति तिमिल्सेनाको आर्थिक अभावका कारणले उपचारमा समस्या भएको छ ।

कान्ति बाल अस्पताल काठमाडौंमा उपचाररत तिमिल्सेनाको आर्थिक अभावका कारणले उपचार हुन नसकेको उनकी आमा जमुना उपाध्यायले बताइन् ।

बालिका स्मृतिको उपचारका लागि करिब रु.३५ लाख रुपैयाँ लाग्ने र त्यो रकम आफूहरूसँग नहुँदा उपचार हुन नसकेको आमा उपाध्यायले जानकारी दिइन् । ‘हामीसँग उपचारका लागि त्यो रकम जुटाउन धौ–धौ भएको छ ।’ उनले भनिन्,‘परिवारसँग आर्थिक अवस्था कमजोर रहेकोले उपचार समस्या भएको छ ।’

चिकित्सकले पाँच वर्षसम्म उपचार जारी राख्नुपर्ने बताएको, केही सङ्घसंस्था र आफन्तहरूको सहयोगले उपचार भइरहेको आमा उपाध्यायले बताइन् । ‘आगामी दिनमा अस्पतालका राख्नका लागि कसरी पैसाको जोहो गर्ने समस्या भएको छ ।’

उनले भनिन्,‘कुनै दाताहरूको सहयोगले मात्र नानीको ज्यान बचाउन सक्छौँ ।’

करिब दुई वर्ष अघि बालिकाको बुबाको सवारी दुर्घटना मृत्यु भएको थियो ।


क्याटेगोरी : अन्य, कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ