२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदैलेखको राकममा अक्सिजन प्लान्ट जडान

दैलेखको राकममा अक्सिजन प्लान्ट जडान


वीरेन्द्रनगर—दैलेखको आठबिस नगरपालिकाको आधारभूत अस्पताल राकममा अक्सिजन प्लान्ट जडान गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बाट प्राप्त अक्सिजन प्लान्ट जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आठबीस नगरपालिकाको आधारभूत अस्पताललाई उपलब्ध गराएको हो ।

अक्सिजन प्लान्ट जडानका लागि नगरपालिकाले ट्रस्ट निर्माण, विद्युतीय प्रसारण ट्रान्सफर्मर खरिदमा ३२ लाख पाँच हजार रुपैयाँ खर्च गरेको नगरका जनस्वास्थ्य निरीक्षक देवराज तिमिल्सेनाले जानकारी दिए ।

अक्सिजन प्लान्ट उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री विनोद शाहले कर्णालीमा स्वास्थ्य सुधारका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताए ।

राकम कर्णालीमा अक्सिजन प्लान्ट जडान भएपछि दैनिक १ सय ३० सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने नगर अस्पतालले जनाएको छ ।

अक्सिजन प्लान्ट जडानका लागि नगरपालिकाले ट्रस्ट निर्माण, विद्युतीय प्रसारण ट्रास्फर्मर खरिदमा ३२ लाख पाँच हजार रुपैयाँ खर्च गरेको नगरका जनस्वास्थ्य निरीक्षक तिमिल्सेनाले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ