२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सल्यानमा सेनिटाइजर सेवन गर्दा एक जना बिरामी

सल्यानमा सेनिटाइजर सेवन गर्दा एक जना बिरामी


वीरेन्द्रनगर—सल्यान बागचौर नगरपालिकामा सेनिटाइजर सेवन गर्दा एक जना बिरामी भएका छन् । बागचौर नगरपालिका–९ डाँगीगाउँ बस्ने अन्दाजी ५२ वर्षका ईमान डाँगीले मादक पदार्थ सेवन गरी आफ्नै घरमा भएको २ सय ५० मिलिलिटरको बोतलमा राखेको सेनिटाइजर सेवन गरेपछि बिरामी परेका हुन् ।

बिरामी भएका डाँगीलाई उपचारका लागि सहज पोलिक्लिनिक थारमारेमा सामान्य उपचार गरिएको थियो । उनलाई उपचारको लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको थियो ।

जिल्ला अस्पतालमा समेत उपचारसम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनको अवस्था अहिले मध्यम रहेको प्रहरीको भनाइ छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ