२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीको स्वास्थ्य क्षेत्रमा दरबन्दीअनुसार कर्मचारीको चरम अभाव

कर्णालीको स्वास्थ्य क्षेत्रमा दरबन्दीअनुसार कर्मचारीको चरम अभाव


वीरेन्द्रनगर—कर्णालीको स्वास्थ्य सेवामा दरबन्दीअनुसारका कर्मचारीको चरम अभाव रहेको छ । कर्णालीमा ९ सय ८ जना स्वास्थ्य क्षेत्रका कर्मचारी दरबन्दी छ । तर, हाल ४ सय ४४ जना कर्मचारी मात्र कार्यरत छन् ।

कर्णालीमा ६० प्रतिशत स्वास्थ्य जनशक्तिको दरबन्दी रिक्त रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा. रविन खड्काले बताए । ‘पाँच सय ४४ स्वास्थ्यकर्मीको दरबन्दी आज पनि खाली छ,’ उनले भने,‘जनशक्ति कम हुँदा भनेअनुसारको सेवा दिन सकिएको छैन ।’

नेपालको संविधानमा एकल तथा साझा अधिकारका सूचीमा संघ, प्रदेश र स्थानीय तहको स्वास्थ्य सम्बन्धी अधिकार तथा दायित्व स्पष्ट रुपमा निर्धारण भएकोले तीनै तहका सरकारले स्वास्थ्य क्षेत्रमा साझा नीति बनाएर हल गर्नु पर्ने निर्देशक डा. खड्काले बताए ।

‘कर्णालीका गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्राधिकारको विषयमा आवधिक, वार्षिक, क्षेत्रगत योजनाहरु बनाउनुपर्छ,’ उनले भने, ‘यसरी योजना बनाउँदा संघ, प्रदेश सरकार र स्थानीय तहको नीति, लक्ष्य तथा उद्देश्यसँग तादात्म्यता कायम गर्न आवश्यक रहेको छ ।’

प्रदेशस्तरमा चिकित्साशास्त्रको उच्च शिक्षाका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भइसकेकाले त्यहाँबाट उत्पादिन जनशक्तिलाई कर्णालीका जनताको स्वास्थ्य हितमा परिचालन गर्न सकिने निर्देशक डा. खड्काले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ